अन्तराष्ट्रिय समाचार
Search news by date:
From:
To:

10 record found

  • भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु

    भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु

    भदौ २९, २०७६  : भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ।

    अर्घाखाँचीको सन्धिखर्क-१२ डिभर्ना टाकुरा बराहापाटाका २४ वर्षीय हरि रानाको डुंगा दुर्घटनामा मृत्यु भएको हो। गणेशको मूर्ति विसर्जन गर्न क्रममा डुंगा पल्टिँदा रानाको मृत्यु भएको उनका आफन्तले बताएका छन्। भोपालको खटलापुरा घाटमा शुक्रबार गणपति विसर्जनका क्रममा डुंगा पल्टिएको ११ जनाको मृत्यु भएको थियो।

  • साउदीका दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

    साउदीका दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

    भदौ २८, २०७६ साउदी अरबका दुई मुख्य तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ड्रोन आक्रमण भएको छ।

    ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्। साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ। सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका…

  • भारतको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा कम

    भारतको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा कम

    भदौ २७, २०७६

    भारतको आर्थिक वृद्बिदर कम भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार गैरवित्तीय संस्थाको कमजोरीका कारण अनुमान गरेभन्दा कम आर्थिक वृद्बि भएको छ। बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वृद्बि दर ०.३ प्रतिशतलाई हटाएर आर्थिक वर्ष २०१९-२० मा यसको ७ प्रतिशत हुने गरी अनुमान गरेको थियो।

    अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रवक्ता गेरी राइसका अनुसार भारतको अर्थ व्यवस्थाको कमजोरको चिन्ताले…

  • अमेरिकाले गर्‍यो आइएसविरुद्ध बमको वर्षा

    अमेरिकाले गर्‍यो आइएसविरुद्ध बमको वर्षा

    भदौ २६, २०७६

    इराकको राजधानी बगदादबाट उत्तरमा रहेको सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारि बम वर्षा गरेको छ। इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको  अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने सार्वजनिक गरिएको छैन।

    अन्तराष्ट्रिय संचार माध्यम अनुसार अमेरिकी आधुनिक एफ ३५ र एफ १५  लडाकु विमानको मद्दतले हमला गरेको जनाइएको…

  • फ्लोरिडाको सवारी दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

    फ्लोरिडाको सवारी दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

    पुस २०, २०७५ संयुक्तराज्य अमेरिकाको फ्लोरिडाको राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्यांकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। सात जना घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनीहरूमध्ये केही गम्भीर रहेका अमेरिकाबाट सञ्जालित फ्लोरिडा टुडेले जनाएको छ। मृतक सबै एकै परिवारका रहेका जनाइएको छ।

    ठक्करपछि ट्यांकरले…

  • अमेरिकाको क्यालिफोर्नियामा डढेलो : मृतकको संख्या २९ पुग्यो

    अमेरिकाको क्यालिफोर्नियामा डढेलो : मृतकको संख्या २९ पुग्यो

    अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीहरूले बताएका छन्। उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ। राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन्। थप ६ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २९ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले…

  •    स्थानीय सरकारको दिगो विकास सम्बन्धि  सातौ अन्तर्रा्ष्ट्रिय सम्मेलनका लागि नेपाली टोली ईन्डोनेसिया

       स्थानीय सरकारको दिगो विकास सम्बन्धि  सातौ अन्तर्रा्ष्ट्रिय सम्मेलनका लागि नेपाली टोली ईन्डोनेसिया


        “स्थानीय सरकारको दिगो विकास सम्बन्धि सातौ अन्तर्रा्ष्ट्रिय सम्मेलन“मा भाग लिन नेपालका तर्फवाट १५ सदस्यीय प्रतिनीधि मण्डल इन्डोनेसियाको जाभा प्रान्त पुगेको छ ।  नेपालवाट गाउपालिका राष्द्रिय महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिका सिन्धुपाल्चोकका होमनारायण श्रेष्ठ , दार्मागाउँपालिका सल्यानका अध्यक्ष निमवहादुर के.सी, छत्रकोट गाउँपालिका गुल्मीका मधुकृष्ण पन्त  लगायतका विभिन्न क्षेत्रका  १५जना सहभागि हुनु भएको  छ ।  कार्यक्रम…

  • अल्जेरियामा विमान दुर्घटना हुदाँ २०० को मृत्यु

    अल्जेरियामा विमान दुर्घटना हुदाँ २०० को मृत्यु

    चैत २८, २०७४ अल्जेरियामा भएको विमान दुर्घटनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। राजधानी अल्जिरमा रहेको बोउफारिक विमानस्थल नजिकै सैन्य विमान दुर्घटनामा परेको हो। उक्त सैन्य विमानमा २०० भन्दा बढी सवार रहेको बताइएको छ।

    विमानमा दर्जनौंको संख्यामा सैनिक र सैन्य सामाग्री रहेको बताइएको छ। उक्त विमान स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटनामा परेको हो।…

  • मोवाइल फोन चोरेर लखपति

    मोवाइल फोन चोरेर लखपति

    २० चैत, काठमाडौं । नाइजेरियाको आपराधिक समूहले बेलायतका सडकबाट चोरी भएको मोबाइल बेचेर लाखौं डलर कमाइरेहका छन् ।

    बेलायतका सडकमा हिँड्नेहरुबाट चोरी गरेको मोबाइल नाइजेरियाको राजधानी लागोसमा ‘बेलायतीले प्रयोग गरेको आइफोन’ भन्दै बेच्ने गरिएको छ । जुन फोन उनीहरु बजार मूल्यभन्दा निकै कममा बेच्ने गर्छन् ।

    नाइजेरियामा चोरीको फोन ब्ल्याकलिस्ट गर्ने प्रचलन नभएकाले तेलका…

  • आज टर्कीमा प्रजातन्त्रको मृत्यु !

    आज टर्कीमा प्रजातन्त्रको मृत्यु !

    सिएनएन/फ्रिडा घिटिस

    अनकारा, वैशाख ४ – टर्कीका राष्ट्रपति रेकेप तैयिप एर्डोगानले नयाँ संविधानबारे गरिएको जनमतसंग्रहमा आफू विजयी भएको घोषणा गरेका छन् । अब यसले उनलाई अझ धेरै वर्ष थप शक्तिशाली बनाउनेछ ।

    विपक्षीले भने यो नतिजामा धाँधली भएको बताउँदै यसले टर्कीलाई कम प्रजातान्त्रिक, थप विभाजित र थप धार्मिक बनाउने बताएका छन् ।

    मतगणनाको अन्तिम समयसम्म एर्डोगानको पक्षभन्दा विपक्षमा मत झिनो…

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka