अमेरिकाको क्यालिफोर्नियामा डढेलो : मृतकको संख्या २९ पुग्यो

सल्यान अनलाइन, कार्तिक २६, २०७५

अमेरिकाको क्यालिफोर्नियामा डढेलो : मृतकको संख्या २९ पुग्यो

अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीहरूले बताएका छन्। उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ। राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन्। थप ६ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २९ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले पत्रकार सम्मेलनमा बताए। यसअघि २३ व्यक्तिको मृत्यु भएको बताइएको थियो। खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ। भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ। डढेलो प्रभावित क्षेत्रका हजारौं व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ। बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो। डढेलोका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवन क्षतिग्रस्त भएका छन्।
डढेलो लागेको जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जंगलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ। उद्धारका लागि केही व्यक्तिलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन। उनीहरूले प्रारम्भिकरुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरूकै कारण जंगलमा डढेलो लागेको र उनीहरूको ज्यान गएको बताएका छन्।
 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka