फ्लोरिडाको सवारी दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

सल्यान अनलाइन, पौष २०, २०७५

फ्लोरिडाको सवारी दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

पुस २०, २०७५ संयुक्तराज्य अमेरिकाको फ्लोरिडाको राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्यांकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। सात जना घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनीहरूमध्ये केही गम्भीर रहेका अमेरिकाबाट सञ्जालित फ्लोरिडा टुडेले जनाएको छ। मृतक सबै एकै परिवारका रहेका जनाइएको छ।

ठक्करपछि ट्यांकरले बोकेको ५० ग्यालिन इन्धन सडकमा पोखिएको थियो। उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगोसमेत लागेको थियो। उद्धारकर्मीले अहिले आगो नियन्त्रणमा ल्याएका छन्। आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ। फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको बताएका छन्। दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरू सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिए।


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka