आतंककारीको आक्रमणमा ५३ सैनिकको मृत्यु

सल्यान अनलाइन, कार्तिक १७, २०७६


आतंककारीको आक्रमणमा ५३ सैनिकको मृत्यु

कात्तिक १७, २०७६ मालीको एउटा सैनिक कार्यालयमा  भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन्। इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाइ छ।

आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ। नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।  घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ। फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन। 
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka