सल्यान खलंगामा प्याराग्लाइडिङको परीक्षण सफल

सल्यान अनलाइन, भाद्र ०९, २०७६


सल्यान खलंगामा प्याराग्लाइडिङको परीक्षण सफल


 सल्यान सदरमुकाम रहेको शारदा नगरपालिका २ खलंगा लुहापिङ्गवाट प्याराग्लाईडिङको परीक्षण गरिएको छ । उक्त स्थानबाट गरिएको परिक्षण उडान शारदा नगरपालिका २ श्रीनगर वजारमा अवतरण गरिएको थियो । रुकुमका सुनिल रावल र कास्कीका भूवन गाहले प्याराग्लाइडिङको सफल परीक्षण गर्नु भएको हो । एकल प्याराग्लाइडिङ ६ मिनेटमा श्रीनगर वजारमा अवतरण भएको हो । सफल उडानपछि दृश्यवलोकनको लागि महत्वपूर्ण स्थान रहेकाले व्यवसायिक रुपमा अगाडी बढाउन पाईलट सुनिल रावले सुझाव दिनु भयो । उहाले भन्नुभयो  शारदा नदिको फाँट वजारको दृश्यावलोक राम्रो छ । यहाँ प्याराग्लाइडिङ गर्दा राम्रो छ ।
 सल्यानको पर्यटन प्रवद्र्धनका लागि साहसिक खेलको रुपमा अत्यन्त रुचाइएको प्याराग्लाइडिङ  परिक्षण गरिएको सल्यान उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष सुधन श्रेष्ठले वताउनुभयो । उहालेभ न्नुभयो यहाँ पर्यटन प्रवद्र्धनकालागि प्याराग्लाइडिङ पनि एक हुन सक्छ । 
उडान सफल भएकोमा खुसी व्यक्त गर्दै साहसिक खेलको व्यवसायिक विकास तथा प्रवद्र्धनको लागि अगाडी बढ्ने घरेलु तथा साना उद्योग ब्यवसायी महासंघका अध्यक्ष विरेन्द्र भण्डारीले वताउनुभयो । उहाले भन्नुभयो थप अध्ययन गरी  प्याराग्लाइडिङका उडानका लागि आवश्यक प्रक्रिया अघि वढाउछौ ।
सल्यान सदरमुकाम खलंगा पश्चिम नेपालको गौडाको रुपमा चिनिएको स्थान हो । शारदा नदिको फाँट, छाँया क्षेत्र शक्तिपिठ, खैरावाङ्ग भुवनेश्वरी मन्दिर , प्रख्यात सल्यानी खुकुरी उत्पादन पनि यही हुने भएकाले पर्यटनको राम्रो संभावना भएको छेत्र पनि हो शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले भन्नुभयो  नगरपालिका तर्फवाट पनि प्याराग्लाइडिङ संभावना वारे विस्तृत छलफल गछौ ।
सफल उडान पछि परिक्षण सहभागि सुनिल रावल र भुवन गाहलाई स्थानीयले स्वागत समेत गरेका थिए ।तस्विर ः न्यूटन श्रेष्ठ


 




प्रतिक्रया दिनुहोस:

स्थानीय समाचार

    यस क्याटागोरिमा कुनै समाचार भेटिएन ।

कला

    यस क्याटागोरिमा कुनै समाचार भेटिएन ।

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka