होटल व्यवसायमा लगानी बढ्दै

सल्यान अनलाइन, असोज ०१, २०७६


होटल व्यवसायमा लगानी बढ्दै

असोज १, सल्यान 
जिल्लामा होटल तथा रेष्टुरेन्ट व्यवसायमा लागनी बढ्दै गएको छ । जिल्लामा केही वर्षयता दर्जनौ होटल तथा रेन्टुराँ खुलेका छन् । यातायातको पहँुच सहज हुदै गएको र विगतका वर्षको तुलनामा आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहल बढ्दै गएपछि होटल व्यवसायमा स्थानीयको लगानी बढ्दै गएको हो । 
सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा लगानी गर्नेहरु बढ्दै गएको हाटल व्यवसायी संघ सल्यानका अध्यक्ष ध्रुव भण्डारीले बताए । पर्यटकीय स्थानमा मात्र नभई नगरपालिका तथा गाउँपालिका केन्द्रमा नव सहरीकरण हुने क्रमसँगै होटल तथा रेस्टुरेन्ट थपिने क्रम बढेको उनको भनाई छ । सल्यानमा हालसम्म साना ठुला गरी  ४ सय ५० बढि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेको भण्डारीको भनाई छ ।  
होटल व्यवसायको सम्भावना राम्रो देखेर कोहलपुरको किराना पसल छोडेका हिमाल श्रेष्ठले  सदरमुकाम खलंगामा झन्डै दुई करोडको लगानीमो होटल सञ्चालन गरेका छन् । होटल  शुलभ एण्ड रेष्टुरेन्ट सञ्चालन गरेका श्रेष्ठले मासिक ५÷६ लाखको कारोबारो भई रहको बताए । ‘परम्परागत होटलमा पाहुना बस्न छाडे । पैसा तिरेपछि सबैले सुविधा खोज्छन, युग सुहाउँदो बन्नुपर्ने बाध्यता छ ।’ होटल व्यवसायबाट राम्रै आम्दानी भई रहेको छ श्रेष्ठले बताए । 


राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण नभएको भन्दै निरुन्तसाहित भई रहेको अवस्थामाा  प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन पछि देश राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको भन्दै होटल व्यवसायमा लागनी बढ्दै गएको उनले बताए । श्रीनगरमा झन्डै तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएको उनको भनाई छ । 
ठुला होटलहरुले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य मद्यत गरेको उनको भनाई छ । उनले भने ‘जिल्लाका प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल, खैरावाङ मन्दिर, कुमाख लेक, छत्रेश्वरी शक्तिपिठ लगायतको प्रचार प्रशार तथा प्रर्वद्धनमा होटलहरुले महत्वपूर्ण भूमिका खेलेका छन् ।’ 

 




प्रतिक्रया दिनुहोस:

स्थानीय समाचार

    यस क्याटागोरिमा कुनै समाचार भेटिएन ।

कला

    यस क्याटागोरिमा कुनै समाचार भेटिएन ।

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka