विचार
Search news by date:
From:
To:

10 record found

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रत्यक्ष सुनेर असैह्य पीडा हुन्छ। बालिकामाथि निरन्तर भइरहेका यस्ता यौन हिंसाका जघन्य घटना सुन्दा असैह्य पीडा मात्र होइन आफू पनि असुरक्षित भएको महसुस हुन थालेको छ। घटनाहरु भइरहन्छन्। ती घटना बाहिर पनि आउन थालेका छन्।…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादी क्रान्तिका लागि सचेत धक्का जरुरी पर्ने बताउनु भएकाे हाे ।

    कार्यक्रममा प्रचण्डले भन्नुभयाे, ‘पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन। चीनले हामी…

  • मित्रताको महिमा र हाम्रो भूमिका

    मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप खोलेर हेरें । एकजना योगी महात्मा बोलिरहेका थिए – ‘संसारमा सवैभन्दा ठूलो शक्ति के हो भन्ने सम्बन्धमा मानिसका मतहरु बाझिएका पाइन्छन् । कोही भन्छन, ठूलो शक्ति भनेको सस्त्र हो, कोही भन्छन् शास्त्र हो । त्यसरी नै…

  • तनाब असर र ब्यबस्थापन

    तनाब असर र ब्यबस्थापन

    शुशिला आचार्य/अहिले भागदौड जीवनशैलीमा  परिस्थिति अपेक्षाले गर्दा हामीमा आउने शारीरिक मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु घटी नै रहेका हुन्छन् । कतिपय घटनाहरु पीडादायी हुन्छन् जसले गर्दा मानिस तनावसंग जुधिरहेको हुन्छ । 
    केही हदसम्म तनावले व्यक्तिलाई अगाडि बढनमा सहयोग पनिगरिरहेको हुन्छ । जसलाई सकारात्मक तनाव भनिन्छ । तर उच्चतनाव हुनुपुग्यो भने…

  • राजनीति र व्यवसाय सँगसँगै

    राजनीति र व्यवसाय सँगसँगै

    सल्यान : धेरैजसो राजनीतिककर्मीको पेशा हुँदैन। उनीहरूको नियमित आम्दानीको स्रोत हुँदैन। तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ। यसले समाजमा नकारात्मक असर पारिरहेको छ। राजनीतिमा लागेका सबै त्यस्ता छैनन्, जसले आफ्नो पेशा व्यवसाय गर्दैनन्। आफ्नो कर्ममा विश्वास राख्नेहरू पनि छन्।

    त्यस्तै, एक पात्र हुन् हरिलाल डिसी। नेकपा सल्यानका नेता उनले राजनीतिमा लागेर पनि आफ्नो पेशा-व्यावसायलाई अघि बढाउँदै आएका…

  • विचार कारागार– विगत र बर्तमान

    विचार कारागार– विगत र बर्तमान

    प्रशाराम भुषाल । कारागार, कारावास, जेल, अपराधी भनि न्यायीक निकायबाट प्रमाणित गरि तोकिए अनुसारको सजाय भोग्ने स्थान / घर तथा संदिग्ध र दोषी राख्ने ठाउलाई कारागार भनिन्छ । कारागार ऐन २०१९ को दफा २ अनुसार कारागार भन्नाले कैदी वा थुनुवालाई कैद गर्नको निमिक्त बनेको वा तोकिएको घर कोठा वा त्यस्तै अरु कुनै ठाउ र त्यस्तो घर कोठा वा ठाउले चर्चेको जग्गा…

  • मानसिक हिंसामा मनोसामाजिक सहयोग

    मानसिक हिंसामा मनोसामाजिक सहयोग

    सुशीला आचार्य/१३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षिय महिला संग भेट्ने मौका मिल्यो । भेट भएको त्यो शुरुको दश मिनेट सम्झदा अहिले पनि नमिठो लाग्छ । करिब दश मिनेट त उनको बोलीनै आएन । मात्र पिडा महशुस गरिएका आँशुका धारा मात्र बर्षिय । त्यसपछि उनले आफ्ना कुरा गरिन । बिहे भएको १३ बर्ष भएको रहेछ…

  • समाजवादको वहशमा आचार्य

    समाजवादको वहशमा आचार्य

    नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको छ यतिबेला । बहुमत मात्रै होइन, दुईतिहाई बहुमत छ यो सरकारसँग । ठूला दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी नै एकता गरी केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त नेतृत्व गरेका छन् । सरकारको नेतृत्वमा छन्, दुई मध्येका एक अध्यक्ष–ओली । यही सरकारको नारा छ–सुखी नेपाली, समृद्ध नेपाल !
    मुलक…

  • माओ दिवसमा विचार गोष्ठी गरिने

    माओ दिवसमा विचार गोष्ठी गरिने

     दाङ, आगामी पुष ११ गतेका दिन १२६औं माओ दिवसको अवसरमा विचार गोष्ठी गरिने भएको छ ! 'वाम सहकार्यका लागी साझा मंच, दाङ' को आज घोराहीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । मंचका संयोजक सुशील गौतमको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा पेश गर्नको लागि "मार्क्सवादको विकासमा माओको योगदान" विषयक कार्यपत्र लेखनको जिम्मा शशिधर भण्डारीलाई दिएको छ ।सो कार्यक्रमलाई प्रभावकारी…

  • कस्तो पत्रकारिता

    कस्तो पत्रकारिता


    भुपेन्द्र वली
    शुरुवात आफैबाट गर्छू — विकट स्थानमा जन्मे । हुर्कदा युद्धकाल थियो । शहरबाट गाउँ तिर मान्छे त जाँदैनथिए भने पत्रिका जाने कुरै थिएन । पत्रिका देख्नका लागि कबाडवालाको ठेलामा बेलुकीपख खोजतलास गर्नुपथ्र्यो । पाँच सात महिना , एक दुई वर्ष अघिका पत्रिका हेर्ने पाएर पनि म मक्ख पर्थे । यद्यपी तिनै धुलो जमेका…

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka