तनाब असर र ब्यबस्थापन

सल्यान अनलाइन, चैत्र २८, २०७५

तनाब असर र ब्यबस्थापन

शुशिला आचार्य/अहिले भागदौड जीवनशैलीमा  परिस्थिति अपेक्षाले गर्दा हामीमा आउने शारीरिक मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु घटी नै रहेका हुन्छन् । कतिपय घटनाहरु पीडादायी हुन्छन् जसले गर्दा मानिस तनावसंग जुधिरहेको हुन्छ । 
केही हदसम्म तनावले व्यक्तिलाई अगाडि बढनमा सहयोग पनिगरिरहेको हुन्छ । जसलाई सकारात्मक तनाव भनिन्छ । तर उच्चतनाव हुनुपुग्यो भने सही तरीकाले निकासा पाउन सकेन भने यसको असर भयानक पनि हुन सक्दछ । प्रायजसो मानिसहरु तनावको समयमा आफ्ना भावना प्रति अन्जान हुन्छन् । जसको कारण उनीहरुले आफ्नो सोच ,शरिर , भावनामाथि सहि तरिकाले न्यायगर्न सक्दैनन् । हरेक व्यक्तिमा हर परिस्थिको सामना गर्न सक्ने क्षमता हुन्छ तर समस्या परेका समस्या माआफ्नो सोचलाई पराकिलो ढङ्गबाट केलाउन सक्दैनन् । जसको परिणाम उनीहरुमा नकारात्मक सोचले घर बनाउछ । एउटै अवस्था माथि पनि कोहिले तनाव बढी महसुस गर्छन भने कोहीले कमव्यक्ति पिच्छे फरक–फरक हुन्छ । चिन्ता तनाव लिन वाध्यता  मात्रनभई केही व्यक्तिको बानी पनि हुन्छ । उच्च तनाबलाई समयमा नै ब्यबस्थापन गर्न सकिएनभने बिभिन्न रोगहरुको संक्रमण बढ्नुको साथै उदासीनताको समस्यापनि देखा पर्न सक्छ ।
तनावहुनुका कारणहरु 
कुनै पनिब्यतिm तनाबबाट गुज्रिनको लागि बिभिन्न कारक तत्बहरुले प्रभाब पारिरहेका हुन्छनः दीर्घ रोगहरु ,भावनात्मक समस्या , व्यक्तगर्न नसकेको रिस, इश्र्या, ग्लानी ,मानवीय सम्वन्धहरुमा एक्लोपना महसुस गर्ने ,प्रिय जनसंगको विछोड, कार्यस्थलमा कामको असन्तुष्टी,कामको वोझ, निरासा,असफता ःशिक्षा, नोकरी, प्रेम, व्यापारमा,द्वन्द – पारिवारीक , अन्तद्वन्द , यातना युद्ध प्राकृतिकप्रकोप मानवनिर्मित घटनाहरु जस्ता विभिन्न कारणले गर्दा व्यक्तिमा तनावको सृजनाहुने गर्दछ । 
तनावले निम्त्याउने समस्याहरु ः 
तनाबले ब्यतिmको सर्बाङ्गिण बिकासमाबाधा पु¥याउछ तनाब महशुस गरेको अबस्थामा देखिने शारीरिक , मानसिक संबेगात्मकको साथै सामाजिक प्रतिक्रियाहरु ःमुटुको धड्क नबढनु , चिन्ता , निरास, नैराश्यता, ध्यान केन्द्रित गर्न नसक्ने , आत्महत्याको सोच, छटपटी, चिटचिट पसिनाआउनु, रिगटा लाग्ने, निद्रामा गडवढी, डराउनु अत्याधिकक्रियाशील या सुन्य, टाउँको गरुङ्गगो हुने वादुख्ने, लागुपदार्थ दुव्र्यशनीमालाग्ने आफनो स्वास्थ्यमा ध्याननदिने, खानानखाने वा धेरै खाने, एकलै खेल्ने वा बस्ने, डराउने , वानवोल्ने, परिवार देखि डाढा, बस्ने, जिद्धिपना अरुलाई विश्वास नगर्ने, आवश्यकताभन्दा बढी सतर्कता अपनाउने, आत्महत्या, सम्वन्धमा विश्वास नगर्ने, शंकालु, जिद्धिपना, स्वीकार नगनेृ ,परिवार, आक्रामक व्यवहार देखाउने, अनावश्यक बढी विवादगर्ने, यौन दुब्र्यबहारमा परिवर्तन गालीगलौज गर्ने गनगन गरिरहने , सामाजिक कार्यमा सहभागिनहुने ,जस्ता लक्षण देखा पर्दछन् 
तनाव सामना व्यवहार 
तनावलाई व्यवस्थापन गराउन सवै भन्दा महत्वपूर्ण मानिने मन र मनलाई शान्तपार्नु हो  । आफ्नो सोच बिपरित परिस्थिति  भैदियो भने तनाबलिएर बस्नु भन्दा ब्यबस्थापन गर्न सकेमा समस्या समाधानगर्न सकिन्छ । तनाब ब्यबस्थापनका सकारात्मक सामना ब्यबहारहरु ः
१. आफुलाई प्रथामिकतामा राख्ने ,आफ्नो खुशी रहर के कुरामा छ त्यसमा ध्यानदिने 
२. मनका कुराहरु लेखेर व्यक्तगर्ने आफ्नो मनमालागेका कुराहरु लेख्नु विशेष रुचिभएकाको लागि कविता, त्यस्नै रचनात्मक कुराहरुको लेखाइले नकारात्मक उर्जालाई र सिर्जनाहरुमा परिणत गरायन मद्दत गर्दछ। 
३.घनिष्ट साथीहरु वा परिवारसंग कुराकानीगर्दा तनाव कमगर्नकालागी आफुले विश्वासगर्ने साथीहरु परिवार संग आफ्नो समस्यावारेमा कुराकानीगर्न पनि एउटा उत्तम तरिकाहो । समस्याहरुलाई उनीहरुले सुनिदिएमा सामना गर्नको लागि सहयोग गर्छन । 
४. आफनो रुचिको कामआफनो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावमुक्त राख्न सहयोग गर्दछ । जस्तै गित सुन्ने, वगैचाको कामगर्ने, टिभी हेर्ने, पुजा पाठ  गर्ने, मन्दिर जाने, चित्रबनाउने, नृत्य गर्ने, मधु संगीत सन्नाले मन सान्तवार्न सहयोग पु¥याउछ। 
५. रुन मन लागेपछि एकछिन रुने एक्ले वा मन मिल्ने साथी संग  
६. योगा ,व्यायम⁄ध्यानगर्ने ः योगा र व्यायमले मांसपेशीहरुलाई खुकुलो पार्छ , प्रणायम र ध्यानले मानिसको मनलाई शान्तपार्दछ र तनाव घटाउन मद्दत गर्दछ । बिहान हिड्ने वाब्यायामगर्ने 
७. तनावमा रहनुको कारण आर्थिक सामाजिक,तथा पारिवारीक झमेला पनिहुन सक्छ । कानुनि सल्लाहले पनि तनाव व्यवस्थापनमा सहयोग पुग्छ । 
८) शरीरको हेरचाह पर्याप्त मात्रामा निद्रा , नियमितआहारा,
९) आफुलाई आफुले आत्मसाथगर्ने ,अरु ब्यतिmहरुसंग तुलनानगर्ने
१०) घर भन्दाबाहिर साथीभाईसंग घुम्न जाने , खेल्ने वा सपीङ्गगर्ने, धेरै समय एक्लै नबस्ने,
११)आाफुमा केद्रित भएर आफ्नो सोचमा शरीरमाब्यबहारमाध्यानदिने
माथि उल्लेखित ब्यबहारहरु प्रयोगमा ल्याउदापनि तनाबबाट मुक्त हुन नसकेको अबस्थामा मनोबिमर्शकर्ता तथा मनोबैज्ञानिक परामर्श लिनुपर्ने हुन्छ ।त्यस्तै तनाब ब्यबस्थापनमा सहयोगी संजालको सहयोग महत्वपूर्ण मानिन्छ । अत्यधिक तनाबले घेरेको समयमा ब्यतिmले आफुलाई एक्लो , शतिmहीन महशुस गरीरहेको हुन्छ । त्यसतो समयमा ब्यतिmलाई सहयोगी संजालको बारेमाजानकारी दिदामात्रपनि उ आफुलाई बलियो महशुस गर्दछ । सहयोगी संजालहरु ः
– ब्यतिmआफै
–ब्यतिmकाआन्तरिक सबलपक्ष , जीबनको लक्ष्यउदेश्य निर्णय लिने क्षमता
–ब्यतिका परिवार ,नातेदार , छिमेकी , साथीहरु 
–धामीझाक्री , पुजारी , स्वास्थ्यकर्मी , वकिल , मनोबिमर्शकर्ता 
–सरकारी तथा गैर सरकारी सघंसस्था
–रितीरिवाज धार्मिक तथा सास्कृतिक मुल्यमान्यता आदि
तनाब ब्यबस्थापनको लागिकुनै औषधीको प्रयोग गर्नु पर्दैन । तनाब मुक्त कोही पनि हुँदैन जीवन ब्यबहारका धरै पाटा पक्षहरुमा सधै सफलता मात्रै हात लाग्दैन तनाबमा राख्नको  लागि ठुलै समस्या पनि चाहिदैन । तनाबको अबस्थालाई बुझ्न सकेर समयमै तनाबबाट मुक्तहुन सकिन्छ ।

(लेखक ओरेक नेपाल दाङ्गकी मनोबिमर्शकर्ता हुनुहुन्छ । )
 


प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka