यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

सल्यान अनलाइन, बैशाख ३१, २०७६

यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

सुशीला आचार्य

प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रत्यक्ष सुनेर असैह्य पीडा हुन्छ। बालिकामाथि निरन्तर भइरहेका यस्ता यौन हिंसाका जघन्य घटना सुन्दा असैह्य पीडा मात्र होइन आफू पनि असुरक्षित भएको महसुस हुन थालेको छ। घटनाहरु भइरहन्छन्। ती घटना बाहिर पनि आउन थालेका छन्। तर घटनाबाट पाठ सिक्नुपर्नेमा झन विज्ञापन गरेझैं नक्कल गरे झैं उस्तै प्रकृतिका घटनाहरु पटक–पटक दोहोरिन लागेका छन्। जो सानो छ, कमजोर छ, जो अशक्त छ अझ भन्नुपर्दा जो बिपन्न शक्तिहीन वर्गको छ त्यही वर्गका अबोध बालिकाहरुलाई विभिन्न प्रलोभन, डर, धम्की देखाइ आफ्नो नैतिकता गुमाइ आफ्नै दाइ, बुवा, छिमेकी, मालिक चिरपरिचित आफन्तहरुबाट बलात्कार गरेका घटनाहरु सार्वजनिक भइरहेको देखिरहेका छौं। आफ्नो मान्छे त हुन् भनेर ढुक्कस“ग बस्न सक्ने अवस्था देखिदैन। सुरक्षित छैनन् यहा“ घरपरिवारदेखि विद्यालयहरु। उस्तै असुरक्षित छन् वन जंगलदेखि हरेक यात्राहरु।

बलात्कार सामाजिक तथा कानुनीरुपमा नै जघन्य अपराध हो। अपराध हो भन्ने थाहा हु“दा हु“दै पनि देशैभरी कहीं न कहीं दैनिकरुपमै सामूहिक त कतै एकलरुपमा पा“च वर्षीया बालिकादेखि ६५ वर्षीया बृद्धा समेत यसको शिकार हुन पुगेका समाचार आउने गर्छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै एक हजार चार सय ८० बलात्कारका घटना दर्ता भएका छन् जस अनुसार हरेक दिनमा चार जना महिला तथा बालिकामाथि बलात्कारका घटना हुने गरेको देखिन्छ। यस्ता आपराधिक घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा सजाय र पीडितलाई उचित न्यायको माग राख्दै नेपालका महिला अधिकारकर्मी र त्यस क्षेत्रमा काम गर्ने संघसंस्थाले समय समयमा गरेको आन्दोलन र यसका विरुद्ध अभियानहरु चलाउ“दै आएका छन्। यस्ता अभियान र आन्दोलनकै कारण बलात्कार सम्बन्धी कानुनमा छ महिने हद म्याद बढाएर अहिले एक वर्ष पु¥याएको छ (देवानी फौजदारी संहिता अनुसार)। सजाय ब्यवस्थामा थप पनि गरिएको छ। हाम्रो देशको संविधानले हरेक महिलाले हिंसारहित जीवन बा“च्न पाउने अधिकार सुनिश्चित गरेको छ। यस्ता केही सकारात्मक पहलहरु भए तापनि हिंसामा कमी आएको देखिदैन। साथै हिंसा प्रभावितले सहजरुपले न्याय पाउने वातावरण पनि देखिँदैन।

बलात्कार बढ्नुमा परिवर्तित आधुनिक जीवनशैली, प्रविधिको विकास, मोबाइल, सामाजिक सञ्जाल, पहिरनलाई दोषारोपण गरेको देखिन्छ। बलात्कारप्रति समाजको दृष्टिकोण देख्दा सा“च्चै भन्दा दयनीय नै छ। जसको कारण प्रभावित, प्रभावितको सिंगो परिवार न्यायको लागि पहल गर्न डराउ“छ। घटना हुनुको दोष उल्टै प्रभावित (महिलालाई) नै लगाउने प्रबृत्तिले गर्दा पीडित झन पीडामा हुन्छन्। समाजले पीडितलाई न्यायको महसुस गराउनुको साटो समाजमा घटना गुपचुप राख्न सक्दो प्रयास गर्छन्। कानुनी पक्ष बलियो देखिए पनि विकृत मानसिकता बोकेर हि“ड्ने ब्यक्तिको सोच र बिकृत मानसिकतालाई खासै फरक परेको देखिदैन।

सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न किसिमका महिला हिंसाबिरुद्धका सचेतनामूलक कार्यक्रमहरु भइरहेको देखिन्छ । तर घटना न्यूनीकरण हुनुको साटो दिनप्रतिदिन बढ्दो अवस्थामा देखिन्छ। यस्तो किन भइरहेको छ भन्ने प्रश्नमा गम्भीर भएर सोच्ने समय आएको छ। एउटा घटनाले प्रभावितको मानसिक, शारीरिकका साथै सामाजिक विकासमा बाधा पु¥याउ“छ। त्यति मात्र कहा“ हो र,  पीडित परिवार डर धम्की, मानसिक तनाव, त्रासले सामाजिकरुपले अपमान खेप्दै दैनिकी गुजार्नुपरेको छ। कुनै परिवार विस्थापित पनि भएको देखिन्छ।

बलात्कार हुनुमा हाम्रो समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच हो। परम्परादेखि चलिआइरहेको सोच महिलाको शरीर र यौनिकतामा पुरुषको बर्चस्व कायम हुने प्रबृत्ति अझै पनि जीवितै छ। महिलाको शरीर माथिको नियन्त्रण, महिलालाई वस्तुको रुपमा लिने महिलाको शरीरलाई जे पनि गर्न पाइन्छ भन्ने नकारात्मक सोचको उपज हो बलात्कार। घटना हुन्छ तर समाज रुपान्तरणका सम्वाहक हामी भनेर समाजलाई सामाजिकरुपले स्वस्थ, मर्यादित र समृद्धितिर उन्मुख गराउने जिम्मेवारी का“धमा बोकेर हि“डेका ब्यक्तिहरुले नै सामाजिक रुपमा भइरहेका जघन्य अपराधलाई प्रश्रय दिने काम गरिरह“दा पनि यस्ता बलात्कार, हत्या जस्ता क्रूर घटना भइरहन्छन्। त्यसकारण बनेका कानुनलाई अभिलेखीकरणरुपमा मात्र नभइ प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन सबै सरोकारवालाहरुको हातेमालो जरुरी छ।


प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka