नेकपाले तत्काल गर्नुपर्ने तीन काम

सल्यान अनलाइन, आषढ १४, २०७६

नेकपाले तत्काल गर्नुपर्ने तीन काम

रमेश मल्ल पूर्व अध्यक्ष अखिल (क्रान्तिकारी)

नेकपाले तत्काल गर्नुपर्ने तीन काम

१। नेतृत्वलाई दोहोरो जिम्मेवारीबाट मुक्त गरौं ः नेकपामा एकताको विशिष्ट अवस्थाका कारण कमिटि प्रणालीमा अलि बढि प्रशासनिक खुट्किलाहरु निर्माण भएका छन । कमिटिहरु पनि अलि बढि ठुला र भद्धा पनि छन । तत्कालका लागि यसलाई स्वाभाविक प्रक्रियाका रुपमा लिई मेहेनेतपुर्वक व्यवस्थापन गरिनु पर्दछ । त्यसको लागि पार्टीका सबै तहका मुल नेतृत्वलाई गृहकार्यको लागि प्रर्याप्त समय जरुरी हुनजान्छ । नेतृत्व नै बढि जिम्मेवार बन्नैपर्छ कि कुनै पनि जिम्मेवार सदस्य जिम्मेवारीविहीन बनेर नबसोस । पार्टीको कुनै पनि तहको नेतृत्वलाई दोहोरो जिम्मेवारीबाट मुक्त गरियो भने त्यसले एकातिर पार्टी, सदन र सरकारको काममा प्रभावकारीता आउँछ भने अर्कोतिर कोही नेता कार्यकर्ता जिम्मेवारीको बोझले थिचिने र कोही भुमिकाविहीन भएर सडकमा हल्लीने अवस्थाको अन्त्य गर्दछ । 
२। स्थायी कमिटिलाई सक्रिय बनाउँः कम्युनिष्ट पार्टीमा स्थायी कमिटि भनेको मुल नेताहरुको टिम हो । जहाँ सिद्धान्त र राजनितिको तथा पार्टी निमार्ण र परिचालनको वहस हुन्छ, निर्णय हुन्छ । पोलिटब्युरो ९राजनैतिक कमिटि० ले राजनैतिक महत्वका निर्णय गर्छ । संगठनका महत्वपुर्ण निर्णयहरु गर्छ । निर्णयको गंम्भीरता अनुसार केन्द्रीय समिति र महाधिवेशनप्रति उत्तरदायी भएर यसप्रकारका निर्णयहरु गरिन्छन ।
नेकपामा कमिटिगत संरचनाका कारण स्थायी कमिटिले गर्ने काम सचिवालयले गर्दै आएको छ । नेताहरुबीचमा सहज सम्बन्ध हुँदा यो विधि सजिलो पनि छ । तर कहिलेकाँही सचिवालय समाधानको केन्द्रमात्र हैन समस्याको केन्द्र बन्ने अवस्था पनि देखिएको छ । पटक पटक पार्टी र सरकारको कार्यकारी जिम्मेवारी पुरा गरिसकेका, अनुभव र योगदानका हिसावले पनि को भन्दा को कम भन्ने अवस्थामा रहेका, इतिहासले गर्व गर्ने, एउटै उमेर समुहमा रहेका र जीवनको उतरार्धतिर हिडेका टिमभित्रको अन्र्तविरोधको पाटो हो, “ इगो पोलिटिक्स” । नेताहरुलाई त्यसबाट बाहिर निकाल्न र सहज सम्बन्ध संचालनको वातावरण बनाउन उत्तराधिकार पुस्ता९नेकपाको हकमा स्थायी कमिटि० सक्रिय र सकारात्मक हस्तक्षेपकारी हुन जरुरी छ ।
पार्टीमा पोलिटब्युरोको संरचना बनिनसकेको र बनिहाले पनि कामकाजी बन्न गाह्रो हुने अवस्थाको कारण पोलिटब्युरोले गर्ने कामलाई समेत प्रभावकारी बनाउन, पार्टीभित्रका आन्तरिक वहस र अन्र्तविरोधको उचित व्यवस्थापन गर्न, सरकार संचालनको कामलाई सहयोग गर्न, तथा राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरका राजनैतिक एवं कुटनैतिक काममा पार्टीमा वस्तुगत र वैज्ञानिक मतैक्यता कायम गर्न पनि स्थायी कमिटिको भुमिकालाई सक्रिय र प्रभावकारी बनाउन जरुरी छ ।
३। विभागीय कामलाई प्रभावकारी बनाउँः पार्टी एकताका कतिपय काम अझैंपनि बाँकी रहेको वर्तमान अवस्थामा उक्त कामलाई पुर्णता दिने, पार्टीका केन्द्रीय विभागहरु टुंगो लाउने काम यथासिघ्र गरिन जरुरी छ । सरकारका काम प्रभावकारी नहुनु, ऐन कानुन निमार्णको काम एकपछि अर्को विवादको घेरामा तानिनुको एक मुख्य कारण विभागीय कामहरु अगाडि नबढ्नुको परिणाम हो । यदी पार्टीमा राजनैतिक रुपले परिपक्व र विषयगत दक्षताका हिसावले योग्यतम मान्छेहरुको केन्द्रीकरण गरेर विभाग निमार्ण गरेको भए तिनले दिने फिडब्याकले सरकार र सदनको काममा सहयोग पुग्दथ्यो । एउटा मन्त्री र एउटा समितिको सभापतिले पार्टीको कुन निकायमा सल्लाह गरेर नितिगत निर्णय गर्ने भन्ने अन्यौलताको पनि अन्त्य हुन्थ्यो । यो काम तत्काल गरिनु पर्दछ ।


प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka