अवसर दिए महिलाले पनि काम गर्न सक्छन्

सल्यान अनलाइन, आषढ १९, २०७६


अवसर दिए महिलाले पनि काम गर्न सक्छन्

दिलमाया बुढामगर अध्यक्ष

कुमाख गाउँपालिका सल्यान,
गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष

स्वास्थ्य तथा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर । निर्वाचनका बेला आफूले गरेका प्रतिबद्धता पूरा गर्न खटिनुभएको छ । आफ्नो गाउँपालिकालाई शान्ति सुखी र आत्मनिर्भर बनाउने उहाँको लक्ष्य छ । महिला भए पनि अवसर दिने हो भने महिलाले पनि काम गर्न सक्छन् भन्ने बुझाउन लागिपरेकी उहाँको भनाइ छ । सल्यानका दशवटै स्थानीय तहभन्दा कुमाख गाउँपालिकाले राम्रो काम गरेर देखाउने मेरो प्रतिबद्धता व्यक्त गर्नुभएका उहाँसँग कृषि, शिक्षा र स्वास्थ्यलाई जोड दिनुहुन्छ । कृषिबाट नै गाउँपालिकालाई आत्मनिर्भर बनाउने तथा शिक्षामा आमूल परिर्वतन गरी १५ शैय्याको अस्पताल बनाएर छोड्ने प्रतिबद्धता जनाउनुभएका उहाँसँग  सरिता चलाउने गरेको कुराकानीको सम्पादित अंश:

निर्वाचनका बेला जनता माझ गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ? कति गर्न बाँकी छन ?
हामीले निर्वाचित हुदा बेला गरेका प्रतिबद्धता केही पुरा गरिसकेका छौ र केही अहिले पुरा गदैछौ, मैले भनेको थिए गाउँपालीकाको केन्द्र रागचौरमा बिजुली ल्याएर देखाउँछौ, म निर्वाचित भएको डेढ वर्षमा नै बिजुली ल्याउन सफल भए, अब सबै वडामा बिजुली पु¥याउने योजनामा छौ ।

यो गाउँपालिकामा १५ शैययाको अस्पताल बनाउन योजना बनाएका छौं अस्पताल बनाएरै छौड्छौ, ४ वटा स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिसकेउ, बर्थिङ सेन्टर स्थापना गरिसकेका छौ, खोलामा हिँड्ने सडकको अन्त्य गरिसकेका छाैं, मुख्य कुरा यहाँका जनतालाई आर्थिक रुपमा आतमानिर्भर बनाउनका लागि एक घर एक टर्नेल भन्ने नीतिका आधारमा हामीले सबैका घर अगाडि तरकारी टनेला बनाउनका लागि टनेल पनि बितरण गरेका छौ, मेरो पालामा यहाँको जनतालाई रोजगारी दिएर हुदैन प्याकेजमै हल गर्नको लागी मुख्य कुरा कृर्षिमै जोड दिनको लागी निति अगाडी सारेका छौ । अबको हाम्रो जोड भनेको कृर्षिमा हुनेछ, अर्गानिक कृर्षि मोडेल र कृर्षि खेतिमा नै हामा्रे जोड हुने छ, कृर्षि खेतिलाई जोड दिएउ भने यहाका जनताले आर्थिक रुपमा नै जिवनस्तर उकास्न सक्छन, जनताको आपार माया, बिश्वासले आज यहाँ सम्म आएका छौ, त्यसैले घोषणपत्रमा समेटिएका प्रतिबद्धता पुरा गरेरै छाडने छु ।

यहाँको दुर्गम बस्तीहरुमा जहाँ खानेपानीको निकै समस्या,पानी ल्याउने कुनै स्रोत थिएन त्यस्तो ठाउँमा लिफ्ट सिस्टमबाट पानी पुर्याएका छौं ।

यो गाउँपालिका लाइ समृद्द गाउँपालिका बनाउन सुखी गाउँपालिका बनाउन र आत्म निर्भर गाउँपालिका बनाउनका लागी पनि हामी लागी परेका छौं ।

यो वर्षका विकास निर्माणका काम कहाँसम्म पुग्यो ? प्राथमिकतामा परेका विकासका योजनाहरु केके छन् ?
अहिले हाम्रो बिकास निर्माणको कामलाई हेर्दा भौतिक पूर्वाधारका कामहरु यो वर्ष ७५ प्रतिशत सम्पन्न भैसकेको छन । अब २५ प्रतिशत काम गर्न बाकि रहेका छ र लगभग यसको पनि आधा प्रतिशत काम भैसकेको छ । हामीले बिशेष गरी भौतिक पूर्वाधारमै बढि लगानी गरेका छौ, यो आर्थिक बर्षमा सबैभन्दा बढि आर्थिक बिकास, सामाजिक बिकासमा जोड दिएका छौ । यसैगरी शुसासन तथा प्रबद्धनमा जोड दिने योजना छ ।

१२, १५ बर्ष अगाडिबाट खोलामा गाडी हिँड्थे अहिले सडक निर्माण गरेर ग्राभेल गसिकेका छौ, सदरमुकाम बाट गाउँपालीका सम्म नियमित गाडी संचालन गर्नको लागी ३० लाख रुपैया ग्राभेलको लागी बिनियोन गरेका छौ, । सबै वडाहरुमा बाटो पु¥याएर नियमित गाडी संचालन हुने व्यवस्था गरेका छौ । यसबर्ष खास प्राथामिकता भनेको वडा भवन बनाउने, वडामा रहेका स्वास्थ्य चौकिहरुलाई पनि व्यवस्थीत गर्ने र महिलाहरुका लागी बर्थिङ सेन्टर स्थापना गर्ने योजनाहरुलाई बिशेष पहल गरेका छौं ।

शैक्षिक सुधार र स्वास्थ्य सुधारका क्षेत्रमा केके गर्नुभएको छ ? 
शैक्षिक सुधारका लागी कुमाख गाउापालीकामा मुख्य कुरा सबै विद्यालयमा संख्याको आधारमा शिक्षकहरुको व्यवस्था गरेका छौ, ७ वटा दरबन्दी मिलान गरेका छौ, शिशुदेखि ३ कक्षासम्म सबै गाउँपालिकाका ४८ वटै सामुदायिक विद्यालयमा भुई बसाईको व्यवस्थापन गरेका छौ । पाठयोजना बनाएर पढाउने निर्णय गरेर अगाडी बढेका छौ, र खास मेरो जोड र स्थानीय सरकारको जोड भनेका शिक्षामा आमूल परिर्बतन गर्नपर्छ भन्ने हिसाबले हामीले केही बिद्यालयहरुको तह घटाउने र केही बिद्यालयहरुलाई व्यवस्थित तरिकाले अगाडि बढाउने छौ र नमुना बिद्यालय घोषण गरेर अगाडि बढ्ने भनेर नै शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौ ।

अब दोस्रोमा छ स्वस्थ्य, जिवनको महत्वपुर्ण पाटो भनेका स्वास्थ्य हो, त्यसैले हाम्रो कुमाख गाउँपालीकाका नागरी धेरै टाढा जानु पर्छ औसधी उपचार गर्न नेपालगन्ज, काँठमान्डौँ, दाङ जानुपर्ने बाध्यता छ, महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन यहाँका नागरीक, अब स्वास्थ्य सुबिधा गाउँपालीका भित्र बाट नै दिने भनेर ४० लाखको स्वास्थ्यको भवन पनि बनाईरहेका छौ र यसैबाट सेवा प्रबाह गर्दै कुमाखको सम्पुर्ण जनताहरुको निशुल्क रगत परिक्षण गर्ने योजना बनाएका छौ । त्यसैगरी १५ सैयाको अस्पताल बनाउनको लागी हामीले डिपिआर गरेर अगाडी बढिसकेका छौ । सबै स्वास्थ्य ईकाइहरु, स्वास्थ्य चौकीहरु लाई व्यवस्थीत गरेर जनताहरुलाई कुनै पनि रोग बाट मृत्यु हुने छैनन भनेर बिशेष पहल स्वास्थ्यको क्षेत्रमा जोड दिएका छौ ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका क्रममा तपाईंको अनुभव कस्तो रह्यो ?
खास यो बजेट कार्यान्वयन गर्ने सन्र्दभमा हामीले सबै ठाउँ सजिलै ढङ्गले बजेट कार्यान्वयन गरिरहेका छौ, त्यसता बाधा ब्यवधानहरु छैनन, र हामी सबैको एउटा साझा निष्कर्ष र निर्णय के छ भने सबै बिकास निर्माणका सन्दर्भमा क्वालिटी र क्वान्टिटीका आधारमा बिल भुक्तानी गर्ने निर्णय भएको हुनले अहिलेसम्म भुक्तानी दिने सन्र्दभमा केही बाधा छैन ।

उपभोक्ता समितीलाई अभिमुखिकरण पनि गराएउ र गाउँपालीकाबाट कुनै पनि त्यस्तो अप्ठेरो हुने काम गरेका छैनौ । संघीयताले गाउँमा जनतालाइ प्रत्यक्ष विकास निर्माणमा टेवा दिनु करा चाँही सबैभन्दा राम्रो रहेको छ । विगतको भन्दा अहिले सबै स्थानीय तहहरु विकास निर्माणको सन्दर्भमा परिवर्तन चाँही भएका छन् । सबै जनताले प्रत्यक्ष विकास निर्माण राज्यले दियो भनेर अनुभुती गर्न पाएका छन् । मात्रै समस्या केहो भने अहिले हाम्रो संघीयतालाइ कार्यान्वयन गर्ने सन्दर्भमा संघ र प्रदेशको निर्वाचन पछि हुनु र स्थानीय तहको निर्वाचन अगाडी हुंदा केही नियम कानुन प्रदेश र संघीय सरकारबाट नबाझिने गरि कानुन, ऐन, विधान अथवा कार्यविधि बनाउने जुन खालको निर्देशन भएको त्यसले गर्दा खेरी स्थानीय स्तरमा काम गर्न केही जटिलताहरु पैदा भएको महसुस भएको छ ।

तपाईं एउटा जिल्लाकै पहिलो गाउँपालीका प्रमुख महिला जनप्रतिनिधि हुनुहन्छ, काम गर्न कतिको सजिलो हुदो रहेछ ? सजिला अप्ठेराहरु के देख्नुभयो ? 
कठिनाई र समस्याहरु त स्वाभाबिक रुपमा आउछन नै, तर यसलाई हल गर्न म लागीपरेको छु, अहिले खास कठिनाई भनेको नितिगत रुपमा कठिनाई आउने गरेको छ, नितिगत रुपमा कठिनाइ भयो भने केही व्यवहारीक रुपमा पनि कठिनाई हुने गर्दछन । त्यसकारण मुख्य कुरा हामी नितिमा स्पष्ट हुनु पर्छ र निति नियम कानुन बनाएर अगाडी बढेउ भने अप्ठेरो कठिनाई भन्ने कुरा हटेर जान्छन, पहिलो कुरा त म निर्बाचित भएर आईसकेपछि मेरो मात्र व्यक्तिगत समस्या होईन, देशको ७ सय ५३ स्थानीय तहमा हाम्रा अगाडी दुइवटा समस्या छन ।

एउटा समस्या भनेको संबिधानले प्रद्धत गरेका अधिकारहरुलाई स्थापित गर्न नसक्नु, दोस्रो भनेको संस्कार बदल्न नसक्नु, बिकासमा होस या भौतिक पुर्बाधारमा होस, हामीले जनताको चेतना बदल्न सकेका छैनौ, यिनै दुईटा समस्याहरु हाम्रा अगाडी तेर्सिएका छन । त्यसकारण बिकास निर्माण हामी गर्न सक्छौ, तर बिकास निर्माण गर्दाखेरि पुरानै सस्कार छ हामी सित, हामी त नयाँ काम गर्ने भनेर निर्बाचित भएका हौ, हाम्रो उदेश्य भनेको जनतालाई आर्थिक स्तरमा बृद्धि गर्न र उत्पादन सँग जोडेर आर्थिक आयस्रोत बढाउनको लागी हामीले त्यस्ता खालका कार्यक्रम गर्नुपर्छ,।

तपाई महिला जनप्रतिनिधि भएकै नाताले यहाँका महिलाका कुराको सुनुवाइ कसरी सम्बोधन गर्नुभएको छ ?
महिला जबसम्म आर्थिक रुपले आत्मानिर्भर हुदैनन, तब सम्म उनिहरुको क्षेमताको बिकास पनि हुदैन, स्वतन्त्र हुन सक्दैनन, जसका लागी यहाँका धेरै महिलाहरुलाई क्षमता बिकास, नेतृत्व बिकास र सिपमुलकका कार्यक्रमहरु संचालन गरिरहेका छौ, यहाको महिलाहरुमा सबै भन्दा कम भनेको चेतना हो, चेतना अभिबृद्धि गर्न मुख्य जरुरी देखिएको छ, महिलालाई आत्मनिर्भर बनाउनको लागी सिपमुलक तालीम नै हो जस्तो लाग्छ, त्यही अनुसार हामी अगाडी बडिरेहेका छौ, करिब ३ सय महिलाहरुलाई सिपमुलक तालीममा लगाईसकिएको छ ।

अर्को कुरा महिलाहरु कृषक हुन, मैले सबै महिला दिदिबहिनीहरुलाई कृर्षि गरेबाफत पुरुस्कार स्वरुप २०, २० हजार व्यवस्था पनि गरेका छौ, महिलाहरुले दुख गरेर भैसिपालन गरेका हुन्छन, श्रीमान रक्सी खान्छ, दुख दिन्छ भनेर त्यही भैसि पाले बाफत दुध, दहि, घिउ बिक्रि गरेर आफु आत्मानिर्भर बनुन भनेर मैले भैसि सुत्केरी भत्ता पनि बितरण गरे, महिलाले जति काम गर्छ अरुले गर्न सक्दैनन, अब दिदिबहिनी भेटघाट कार्यक्रम चलाएको छु । अध्यक्षसंग दिदिबहिनी नामक अन्तरक्रिया कार्यक्रममा महिलाका अधिकार, पहुँच र समस्याका विषयमा छलफल गरेका छौ उनिहरुका गुनासा, सुनेका छौ, उनिहरुको सल्लाह सुझावअनुसार अगाडी बढने छौ, बिशेष गरी महिलाहरु सफल, सक्षम हुनका लागी आत्मानिर्भर बन्नैपर्छ, आत्मनिर्भर बन्न सकिएन, परनिर्भर भैयो भने, नेतृत्वमा महिलाहरुको क्षेमता बिकास पनि हुदैन ।

यहाँको प्रमुख पेसा नै कृषि हो, किसानहरुलाई कृषिमा नै आत्मनिर्भर बनाउन यहाँको स्रोत के छ ? 
अब हाम्रा कृषकहरु जो अगुवा कृर्षकहरु छन ति अगुवा कृषकहरुलाई हामीले प्रोत्साहन स्वरुप पुरुस्कारको व्यवस्था पनि गरेका छौ, जति उहाँहरुले मेहनत लगाउनु भएको छ, उत्पादन गर्नुभएको छ त्यो उत्पादनलाई बजारीकरण गर्दिने, जनताको सानोतिनो भए पनि उत्पादन गरेकालाई बस्तुलाई बजारीकरण गरेर व्यवस्थापन गर्दिने त्यो जिम्मा स्थानीयतहको छ, त्यसकारणले सबै कृषकहरुलाई कृषिसम्बन्धी तालीम, बिशेषज्ञ मार्फ सम्पुर्ण कृषहरुलाई तालीम प्रदान गरेका छौ, त्यसकारण सम्पुर्ण कृषहरुलाई बिशेष गरी अर्गानिक मोडेल गराउने जुन हाम्रो लक्ष्य छ, त्यो योजनामा सबै कृषकहरुलाई समाबेस गरेर अबको आर्थिक बिकास भनेको एउटै मात्र आधार हो कृर्षि, त्यसकारण कृषिलाई नै जोड मारेर अगाडी बढने र सबै कृषकहरुलाई आबश्यक पर्ने साधन स्रोत र सामाग्रीहरु स्थानीय सरकारले उपलब्ध गराउने छौ, त्यही अनुरुप हामीले सामाग्रीहरु, बिउबिझन बितरण गरिरहेका छौ, प्रधानमन्त्री रोजगार कार्यक्रमहरु पनि लागु भैसकेको छ, युवालाई हरु बिदेश पलायन हुन नदिनको लागी कृषि र पशुमा जोड दिएका छौ, बेरोजगारी हुन नदिन बिभिन्न तालीमहरु पनि संचालन गरेका छौ, घर वाईरिङ, कुकमेन, सिलाईकटाई, कृर्ष सम्बन्धीका तालीमहरु प्रादन गरेका छौ ।

प्रदेश सरकारले पनि यस गाउँपालिकालाई अग्यार्निक गाउँपालिका बनाउन एक करोड लगानी गरेको छ । हामीले पनि गाउँपालिकाबाट ५५ लाख विनियोजन गरेर आम जनताको घरघरमा एक घर एक टनेल भन्ने नाराका साथ हामीले करिब एक सय पचास घरधुरीहरुलाइ टनेल वितरण गर्ने काम गरेका छौं । तरकारी खेती गर्ने र पशुपालन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएका छौं । आम जनताको जविनस्तर उकास्नका लागी हामीले त्यो खालको ढोका हामीले बनाइ दिएका छौं ।

कार्यकाल सकिँदा गाउँपालिकालाई कस्तो बनाएर छोड्ने योजना छ ?
अब कार्यकाल सकिदासम्म यो गाउँपालिकालाइ शान्ती सुखी र आत्मनिर्भर बनाउने मेरो लक्ष्य रहेको छ । खासमा यो पुरुष प्रधान समाजमा महिलाले केही पनि गर्न सक्दैनन भन्ने बुझाइ र दृष्टिकोण छ त्यो दृष्टिकोणलाई चिर्नु मेरो पहिलो चुनौती हो । अवसर दिने हो भने महिलाले पनि काम गर्न सक्छन् है भन्ने बुझाउन म लागी परेकी छु । पुरुषहरुले नगरे पनि गरे भन्ने र महिलाले गरे पनि गर्न सकेनन भन्ने जुुन बुझाई छ त्यो बुझाई बदल्नु आवश्यक छ ।

स्वाभाविक रुपमा चुनौती हुन्छन ती चुनौतीलाई अवसरको रुपमा लिदै संघर्ष गर्दै अघि बढ्ने कुरा नै मुख्य विषय हो । यहाँका दशवटै स्थानीय तह भन्दा हाम्रो कुमाख गाउँपालिकाले राम्रो काम गरेर देखाउने मेरो प्रतिबद्दता छ र मेरो संकल्प पनि छ र जनाताले पनि खास महिला उम्मेदवारलाइ नै जिताउनु पर्ने रहेछ भन्ने महसुस गराउन हामीले गाउँपालिकामा काम अगाडि बढाएका छौं ।

 




प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka