जनप्रतिनिधि ,  कर्मचारी  र जनता  

सल्यान अनलाइन, भाद्र २०, २०७६


जनप्रतिनिधि ,  कर्मचारी  र जनता  


मोहन खड्का 
                                -ब्यबस्था परिबर्तन  सगै राष्ट्रका सम्पुर्ण   राज्य संयन्त्र  का भिभिन्न  अंग र त्यस भित्रका भिभिन्न  निति नियम  र ऐन कानुन हरू रहिरहेका हुन्छन । कुनैपनि देश भित्र त्यस देशको सामाजिक   प्रकृया सन्चालन  र त्यसलाई  गतिशिल बनाउन त्यस देशको  मौलिकता  र बिकसित रूप अनुकुल बिभिन्न  बिधि पद्धति   बनाइएको हुन्छ र त्यसै अनुरूप त्यस देशको  शाषन ब्यबस्था  सन्चालन  भइरहेको हुन्छ । नेपालको सन्दर्भमा मा यहि शताब्दीमा  मात्रै   धेरै पटक शाषण  ब्यबस्था    परिबर्तन  भए परिबर्तन सगै थुप्रै प्रकारका निति नियमहरू पनि परिबर्तन भए  जति परिबर्तन भए पनि    बिकास  केन्द्रित  र जनता  केन्द्रित  भएको अनुभुति  छैन । परिबर्तन  को माग हुदै जाँदा स्थानिय  रूपमा स्थानिय  सरकार  प्रादेशिक  रूपमा  प्रादेशिक  सरकार केन्द्रमा   केन्द्रीय  सरकारको  अबधारणा   अनुसार  भिभिन्न     तहका सरकारको   उपस्थिति   नेपालमा  रहेको छ ।   

 एउटा कुनै भुगोल भित्र  रहेका   सम्पुर्ण  प्रकृतिका     सजिब प्राणि   तथा   निर्जिब       बस्तु जस्तै ( मानिस , पशुपंछि , जल जमिन,  जङगल )  कृतिम र प्राकृतिक  श्रोतहरूको बिधिवत रूपमा संन्चालन  ,अनुगमन , नियमन, संरक्षण  र नियन्त्रण   गर्ने  मान्छे हरू  हुन र तिनिहरूको  एउटा   सिमित समुहलाई    सरकार  भनिन्छ  र जो    एउटा  बिधि  बाट तयार भएको हुन्छ ।   
नेपालमा  जनप्रतिनिधिहरूको   बिभिन्न    तहमा  समुह   छ जसलाइ  बिभिन्न  तहको सरकार भनिन्छ । जनप्रतिनिधि  को अर्थ  जनताका   प्रतिनिधि  हुन , जनताका  प्रतिनिधि    भनेपछि कुनै  कार्यालय  को कार्यालय  सहयोगि   देखि कुनै कार्यालय   को  हाकिम  , बिद्यार्थी देखि  पाइलट   सम्म  , साधु देखि    खतरनाक  गुन्डा सम्म   पर्ने    सम्पुर्ण    मानिसहरूको   प्रतिनिधि    हुन । 
समग्रमा    नेपालमा   राम्रा   र नराम्रा ब्यबहार भएका   मान्छेहरूका  प्रतिनिधि       जनप्रतिनिधि  छन । बिडम्बना    कुनै  पनि   समाजमा   राम्रो ब्यबहार भयका मानिसको  सङ्ख्या    बढिनै हुन्छ   तर   नराम्रो  ब्यबहार   भयका   मानिस थोरै हुदाहुदै  पनि     यि मानिस हरूको   जनप्रतिनिधि   सग बढि साँठगाँठभइ   जनप्रतिनिधि  नै   गलत बाटो तिर लाग्छन र    नराम्रो प्रकृतिका मानिसले   राम्रो र असल नागरिक लाई  शोषण गरिरहेका हुन्छन । 
खासमा जनप्रतिनिधि  हो भने  जनप्रतिनिधि  को मुल्य र मान्यता   बुझेको छ भने  जनताका समस्या औंल्याए ति  समस्या   सामाधानको  निम्ति ऐन नियम बनाई  त्यस द्वारा  सहज बनाउने काम  गर्न आबश्यक हुन्छ । तर जनताको प्रतिनिधि  हु भन्ने समाजका  इमान्दार कर्तब्यनिष्ठ   जनताको  मत बाट  प्रतिनिधि  बन्ने तर ति जनतालाई   शोषण गर्न   तत्पर  हुने  ,जनताका समस्या  लाई    गम्भिर  भएर नसोच्ने,  जन्तालाई   एक आपसमा    लडाउने   र लाइनी    सुन्दै   इमान्दार   ब्यक्ति   प्रति   बिभिन्न  लान्छना   लगाउने  खालका    समाजका बिभिन्न  प्रकारका   कमाउनकै  लागि  , बिलासी जिबन बिताउनकै  लागि   , जिन्दगीलाई    मनोरन्जनमै बिताउनका लागि जन्मेका  जस्तो गर्ने  मानिस सग  साँठगाँठ गर्ने हो    भने   जनप्रतिनिधि  को  मुल्य र मान्यता   कर्तब्य  पुराभयो कि      भएन ? हुन्छ कि हुदैन  सोच्नु  पर्छ । 
तीनै तहका  सरकार सन्चालन  गरि जनतालाइ भरपुर बिकास  र सामाजिक  न्याय दिलाउन को  निम्ति अहम भुमिका  प्रदान गर्ने यस देशका   राष्ट्र सेवक कर्मचारि   हुन र यि   कर्मचारिहरूले जनता केन्द्रित र    बिकास केन्द्रित   आफुलाइ   परिमार्जन गर्नु आजको  आबश्यकता  हो किन कि  जनता भनेको अरू कोहि होइन त्यहि  कर्मचारिको आमा हो, बाबा हो, दाइ हो, भाइ हो  दिदि हो, बहिनि हो ,बिभिन्न नाता लाग्ने  नातेदार हो   । जस्तै कुनै जिल्लाको  प्रमुख  जिल्ला  अधिकारीले  त्यस जिल्ला  भित्र    का  बिभिन्न  कार्यालयहरुलाइ   चुस्त बनाउन नसकेमा  त्यस जिल्लाका  सबै   जनता  ले  दुख पाउछन  ।  र   सबै सिडिओ  हरूले सबै जिल्लामा     यस्तै   प्रकारले  कार्यालय   सन्चालन  गरे   सबै   जिल्लाका  जनताले दुख पाउछन र त्यसमा ति सि डि ओ का कोहि  नातागोता  बाँकि रहदैनन । त्यसैले कर्मचारी  मित्रहरूले  के सोच्न  आबश्यक छ भने  नीति र बिधि लागु गर्दै गर्दा  मेरा आफन्तलाई    पनि मेरा गाउँले लाई पनि यस्तै अप्ठेरो छ होला  भनि सोच्न आबश्यक छ । भनिन्छ  म्यलत  mष्कक   गकभ बगचतजयचष्तथ  अधिकारको  दुरूपयोग  कहिलै  गर्नु हुँदैन । यसले  क्षणिक आनन्द र आडम्बरको बिकास तोला तर दिर्घकालिन रूपमा मनलाइ सन्तुस्ट मिल्दैन । तिनै तहको सरकारका जनप्रतिनिधि  र सरकार भित्रका कर्मचारी  बिचमा ठुलै अन्तर संघर्स  भएको देखिन्छ त्यति  साह्रै  आफ्नै पैतृक सम्पत्ति  जस्तो गरेर दुबैले ““मेरै गोरूको बाह्रै  टक्का  ““ गरेको पाइन्छ ।यसको  बिधि  जनताका आवाज हरूलाई  जनप्रतिनिधि  ले बिधिसम्बत  आफ्नो  फोरोममा लिने  पारित भय पछि कर्मचारी  मित्रहरूले त्यसको कार्यान्वयन  को  पाटो हेर्ने   र जनप्रतिनिधि  ले त्यसको  सहजिकरण गर्ने गर्नु पर्दछ छ ।जनप्रतिनिधि  ले पनि आफ्नो जनताको मतको दम्भ देखाएर बेवारिसे निति र बिधि बनाउन खोज्ने र कर्मचारी  ले पनि  त्यसै बैवारिसे  निति र बिधि छन भनि आफ्नो  प्रमान पत्र र त्यसमा ल्यायको अंक  को दम्भ देखाएर आफ्नो  आडम्बरी पन देखाउने हो भने त्यसले त्यस क्षेत्र   भित्रका कसुर बिहिन सजिब प्राणी  तथा निर्जिब  बस्तु  सबैलाई अतुलनिय क्षति हुन्छ । यसको लेखाजोखा हाललाई कसैले गर्न नसके पनि भबिश्य मा   हालको   इतिहासले अबश्य मुल्याङ्कन  गर्ने छ ।कर्मचारी , जनप्रतिनिधि , र बौद्धिक  बर्ग ले कुनै पनि  समाज र सरकारको अगुवाइ  गर्ने गर्छन ।

  हाम्रो अबिकसित देश नेपालमा जनता  कस्ता भयौ त भन्दा  हल्लाको पछि दौडिने ।““ कागले कान  लैगो  भन्दा कागजका पछि  दौडने ““  आफ्नो कान छाम्दै नछाम्ने   यानिकि आफुसँग कुनै पनि कुराको   बिश्लेषण र संस्लेषण  गर्ने क्षमता नराख्ने ।
कुनैपनि प्रतिक्रिया  दिनुको साटो कसले के भन्यो त्यसैको  पछि दौडिने र आफुले गर्नुपर्ने  केहि कुरा  सबै नेताले र  कर्मचारी  ले गरिदिउन भन्ने चाहने  । पछि  हेर्दा   त्यसलाई   कहानेर  गल्ति लगाउन    सकिन्छ  भनेर कुर्ने प्रबृति छ ।

 हामि  सबैजनप्रतिनिधि   , कर्मचारी   र सचेत जनता  एउटै   ओदानका तिन खुट्टा हौ  यदि यउटा खुट्टा  रहेन भने ओदान अडिदैन । त्यस्तै एउटा पक्ष कमजोर भयो भने बिकास अडिदैन, समाज अडिदैन।  बिकास अडिएन भने समाज अडिन्न  ।बिकास र समाज  अडिएन   भने समाज ,देश केहि  बिकास हुदैन   समाज  देश  बिकास  भयन भने     जनप्रतिनिधि   , कर्मचारी  , जनता  कसैको बिकास  हुदैन  सबै पछि पर्छौ  ,  बिकाश हाम्रो हो समाज हाम्रो हो।    हामिले नै    गर्न पर्छ ।
लेखक ःवागचौर नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष हुनुहुन्छ ।




प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka