मैले देखेको त्यो कहालीलाग्दो बैशाख १२

सल्यान अनलाइन, बैशाख १२, २०७३

मैले देखेको त्यो कहालीलाग्दो बैशाख १२

छहरा दवाडी, शनिबारको दिन कलेज नहुनाले यसै पनि  ढिलो  उठिन्छ ,ति माथि बिहान सुत्न पाउनुको मज्जा नै बेग्लै हुन्छ । आफ्नो सबै नित्य काम सकेर एकछिन इन्टरनेटमा  समाचार हरु पढे , समाचारमा पनि खासै नया नौलो के नै हुन्छ र आजकल उही राजनीतिक दलहरुको खिचातानी , राजनीतिक दाउपेच , बलात्कार अनि महिला हिंसाका समाचार नआएको दिन नै कहाँ हुन्छ र । मेरो त त्यो दिन पनि काम मा जानु थियो , हामी त पेशाले नै  पत्रकार मान्छे शनिबार भनेर घर बस्न कहाँ पाउछ र , खाना खाएर एउटा सानो कार्यक्रमको रिपोर्ट लिन भक्तपुर जानुथ्यो, एघार बजेर चालिस मिनेट गको हुदो हो , मेरो मोबाइलमा फोन आयो, अफिसको भाईले गरेको रहेछ , मलाई लिन मेरै घर छेउ मा आएपुगेको भने पछि म पनि तल ओर्लेर उसैलाई कुरेर बसे अनि कामको लागि हामी निस्कियौ भक्तपुर ।

हामी हिडेको करिब दस मिनेट पनि भएको थिएन एक्कासी कसैले हाम्रो  मोटर साईकल हल्लाये जस्तो र लड्न आटेको महसुस भयो । अरु बेला पनि उसको मोटर साईकलमा समस्या आउने हुनाले मैले सोचे साएद आज पनि तेस्तै केहि भयो । मैले त्यति कुरा सोच्दा नसोच्दै हाम्रो मोटर साईकल हाम्रो नियन्त्रणमा थिएन , घर हरु सबै नाचिरहेका थिए अनि मान्छे हरुको भागाभाग सुरु भैसकेको थियो ,आफनै आँखा अगाडी कति घरहरु ढलिरहेका थिए त कसैका घरका वाल हरु । गौशालाको उकालो पुगेको बल्ल हामीले थाहा पायौ यो त भुकम्प रहेछ , कति नमिठो र डरलाग्दो सपना जस्तो ।हामी पनि त्यहाँ बाट भाग्ने कोसिस गरेउ ।।लड्दै आतालिद्दै मान्छेहरु भए तिर बाटोमा पुगेउ हामी पनि ।

जिबनमा पहिलो पल्ट भोगेको भुकम्पले खुट्टा हरु एति मजाले नाचिरहेका थिए कि आफुले टेकेको धर्ति नै आफ्नो लागेन त्यो बेला ।यस्तो लाग्यो मान्छे को बसमा त केहि पो रहेनछ ।हामी त सब यो मेरो त्यो मेरो म संग येति सम्पति छ , म  यो गर्न सक्छु त्यो गर्न सक्छु भनेर धाक लगाउछौ। मैले येति ठुलो मान्छे चिनेको छ मेरो येति तागत छ भनेर फुर्ति लगाउने सब मान्छे प्रकितिको त्यो कालो रुपको अगाडी निरिह भनेको देखिरहेको थिए म । हेर्दा हेर्दै गौशाला को त्यो बाटो मा मान्छेको भिड लाग्यो।कोहि रुदै थिए त कोहि आफ्ना परिवारलाई सम्पर्क गर्नमै ब्यस्त थिए।।त्यति बेला सम्म पनि भुकम्प धक्का आईरहेको थियो ।।फोन को नेटवर्कले पनि राम्रो काम गर्न छोडिसकेको थियो।।मैले पनि मेरो आफन्तहरुसंग सम्पर्कमा आउने कोसिस गरे।।बल्ल बल्ल सम्पर्क भएपछी मनमा अलिकता शान्त भयो ।

मैले त सोचेको पनि थिएन एकैछिन आएको त्यो भुकम्प येति विनासकारी बनेर आएको छ भनेर।।कोहि मान्छेहरु भनिरहेका थिए काठमाडौँ नासियो सकियो नेपाल सकियो, ज्यान लग्यो यो भुकम्पले भनेर तर म यो कुरा गलत हो भनेर बसिरहे तर यी सबकुरा आखिर मा सत्य साबित भयो । केहि बेरमै खबर हरु आउन थाल्यो हामी नेपालीहरुको शान हाम्रो धरहरा ढल्यो रे अनि बसन्तपुर ,भक्तपुर अनि एेतिहसिक सम्पताहरु सब ध्वस्त भयो रे,,यहाँ येति मान्छे मरे रे भन्ने हल्ला आउन थाले।

हल्ला हल्लामै भए पनि यो साचो नहोस भनेर प्राथना गर्नु बाहेक हामी कसै संग केहि उपाए थिएन त्यो बेला ।ठुलो भूकम्प आएको करिब दुइ घण्टा भै सकेको थियो।।हामी संग क्यामेरा साथमा भएकोले हामी काठमाडौँको भिभिन्न भागमा खिच्न जाने भनि त्यहाँ बाट निक्लियेउ  । एकैछिन अगाडी सम्मको सुन्दर काठमाडौँ त कुरुप पो भैसकेछ ।भग्नावशेषमा परिणत भैसकेछन् हाम्रा पुर्खाले आर्जेका  सम्पतिहरु।।मनमा नमिठो अनुभव भयो  त्यो बेला लाग्यो  भगवान त सारै निष्ठरी पो रहेछन ।

मृत्युलाई नजिकै बाट देखेको त्यो कालो दिनमा आफु बचेको खुसि  भन्दा कैयो नेपालीले , नाबालकले अनि हाम्रा आमा बुवाहरुले ज्यान गुमाएको खबरले मन सारै नमिठो संग रोयो ।हाम्रो नेपाल त रोईरहेछ अहिलेसम्म पनि र तब सम्म रोहि रहनेछ जब सम्म हामी सब एकजुट हुने छैनौ हाम्रो देश फेरि बनाउन। हे भगवान मैले मेरो जिबन मा देखेको त्यो कालो दिन अब फेरि कहिलै फर्केर नाओस।।आज एक वर्ष बितेछ तर यो घाउ मेटिन अझै कति महिना अनि कति वर्ष लाग्ने हो यो त समयले बताउनेछ । अब फेरि कहिलै नआओस त्यो कालो दिन । मैले देखेको त्यो दिन , त्यो कहालीलाग्दो बैशाख १२ !

दवाडी नेपाल टेलिभिजनकी न्युज यङ्कर तथा अधिकृत हुन !


प्रतिक्रया दिनुहोस:

पाठक विचार

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka