पत्र-पत्रिकाबाट
Search news by date:
From:
To:

10 record found

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त भएपनिनेपालमा भने आकार्सिको हो।
    दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा अधिक मात्रामा रेमिट्यान्स आप्रवाह बढ्नुमा भूकम्पलाई प्रमुख कारण मानिएको छ। यसैगरी छिमेकी भारत विश्वमै सवैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको छ। 

    विश्व…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा राहुल र घरपरिवार छाडेर गएकी सावित्रीले लेबनान गएरा राम्रो कमाउन त सकिनन् नै, स्वदेश फर्किन पनि असमर्थ भएकी छिन्। राजधानी दैनिकमा समाचार छ। 

    उनलाई गाउँकै चिनजानका ईश्वर लामाले लेबनान पठाएका थिए। राम्रो कमाई…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा जथाभावी औषधि खाएर महिला रगताम्मे वा बेहोर भएर अस्पताल पुग्ने गरेका छन्।
    गर्भ रहेको पत्तो पाउनासाथ काठमाडौं कलंकीकी १९ वर्षीया एक युवतीले नजिकैको औषधि पसलमा पुगिन्। औषधि पसलले चुपचाप चर्को शुल्क असुल्दै उनको हातमा गर्भ…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार १५ वर्षपछि नेपालमा औसत एक बर्गकिलोमिटर क्षेत्रभित्र पाँच किलोमिटर सडक विस्तार हुनेछ।
    नेपालभर सडकको कुल लम्बाई ७ लाख ३५ हजार ९ सय ५ किलोमिटर पुग्ने प्रतिवेदनमा उल्लेख छ। हाल देशभर करिब १ लाख किलोमिटर सडक…

  • बेपत्ता आयोगमा पहिलो दिनमै १५ उजुरी

    बेपत्ता आयोगले उजुरी खोलेको पहिलो दिन नै देशभरबाट १५ वटा उजुरी परेको छ। आयोगका सचिव महेश शर्मा पौडेलले दिएको जानकारी अनुसार पहिलो दिन बिहीवार ६ वटा जिल्ला र केन्द्रमा गरी १५ वटा उजुरी परेको छ। 
    आयोगले बिहीवारदेखि द्वन्द्वकालमा भएका बेपत्तासम्बन्धी अपराधमा उजुरी दिन कैही साताअघि नै सम्बन्धित पक्षहरुलाई आश्वान गरेको थियो। आयोगबाट प्राप्त जानकारी अनुसार आयोगको केन्द्रीय कार्यालयमा २ वटा…

  • बेपत्ता परिवारका आफन्तका आखामा आशा

    काठमाण्डौ, दुई  छोरा  बेपत्ता  पार्ने  व्यक्तिविरुद्द्  पहिलोपल्ट बिहीबार  शान्ति  समितिमा  लिखित  उजुरी दिएपछि  बाके  कोहलपुर  ७  जमुनीटोलकी ५५ वर्षीया शीतली घर्तीले भनिन वर्षौंदेखिको  पीडाको  भारी  बिसाएजस्तै  मन हल्का भएको छ।

    १३  वर्षीय  कान्छा  छोरा  नन्दराम  रसाइलो १७ वर्षीय गगनलाई ०५८ जेठ २७  गते  सुरक्षा  फौजले  घरबाटै  पक्राउ गरी  बेपत्ता  पारेको  थियो। उजुरीपछि अवस्था  सार्वजनिक  हुने …

  • नेपाली राजदूतलाई छुरा हानियो

    काठमाडौं: साउदी अरबस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि एक नेपाली युवाले कार्यकक्षमै छुरा हानेका छन् ।  राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले राजदूत शर्माको कार्यकक्षमै छुरा हानेर घाइते बनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उनीमाथि आक्रमण गरेको जानकारी पराराष्ट्र मन्त्रालयले दिएपनि आक्रमणमा संलग्नको नाम भने खुलाइएको छैन । 

    छुरा लागेर…

  • सुशिलाले सम्हालिन सर्बोच्च

    काठमाडौ–  मुलुकको न्यायिक  क्षेत्रको सबै भन्दा  माथिल्लो पद  पहिलो पटक महिलाले सम्हालेको दिन भए पनि बिहीबार सर्वोच्च अदालतमा विशेष चहलपहल भने भएन । त्यहा विगतका  प्रधानन्यायाधीशले जिम्मेवारी सम्हालेको पहिलो दिनमा  झै स्वागतमा फूल–माला  बोकेका  न्यायाधीश  रकर्मचारीको लाम थिएन । न बधाई दिनेहरूको भीड र मिडियाकर्मीको बाक्लो उपस्थिति  नै थियो । प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठको अवकाशपछि  कायममुकायम प्रधानन्यायाधीश  बनेकी  सुशीला कार्की बिहीबार…

  • प्रधानमन्त्रीको चीन भ्रमणमा जम्वो टोली, चीनले ११ जनाको मात्र खर्च व्यहोर्ने

    चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन्।

    सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर बढीमा २२ जना भ्रमण टोलीमा लैजान पाउने व्यवस्था गरिएको छ ।…

  • कलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन

    कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज ।

    देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ ।

    शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा थियो नत त्यहाँबाट कसैलाई विदेश…

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka