सुशिलाले सम्हालिन सर्बोच्च

सल्यान अनलाइन, बैशाख ०३, २०७३

काठमाडौ–  मुलुकको न्यायिक  क्षेत्रको सबै भन्दा  माथिल्लो पद  पहिलो पटक महिलाले सम्हालेको दिन भए पनि बिहीबार सर्वोच्च अदालतमा विशेष चहलपहल भने भएन । त्यहा विगतका  प्रधानन्यायाधीशले जिम्मेवारी सम्हालेको पहिलो दिनमा  झै स्वागतमा फूल–माला  बोकेका  न्यायाधीश  रकर्मचारीको लाम थिएन । न बधाई दिनेहरूको भीड र मिडियाकर्मीको बाक्लो उपस्थिति  नै थियो । प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठको अवकाशपछि  कायममुकायम प्रधानन्यायाधीश  बनेकी  सुशीला कार्की बिहीबार पनि सामान्य दिनमा जस्तै सर्वोच्च अदालत आइन्, प्रधानन्यायाधीशको कुर्सीमा  बसिन्  रपेसीहरू  तोकिन् ।
 
उनी  आफैले पनि इजलासमा  बसेर मुद्दाहरू  छिनिन् । साझ भने दोब्बर सुरक्षाकर्मी  संलग्न स्कर्टिङका  साथ प्रधानन्यायाधीश निवास बालुवाटार पुगिन् जहा“ उनी अबका १३ महिना  बस्ने छिन् । कार्कीको नाम  प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिमा सिफारिस भए पनि त्यसमाथि सुनुवाइ नभएकाले उनले कायममुकायम  भएरै न्याय प्रशासन सम्हालेकी हुन् । नया संविधानअनुसार सुनुवाइ  समितिको नियमावली  नबने काले कहिले सुनुवाइ हुन्छ  भन्ने पनि  टुंगो छैन। 

सपथ  नलिई  स्वागत  र बधाई कार्यक्रम  नराखिने भएकाले कुनै गतिविधि  नभएको हो’ सर्वेच्चका सहायक प्रवक्ता विश्वराज  पौडेलले भने कामु  प्रधानन्यायाधीश  भए  पनि जिम्मेवारी  भने प्रधान्यायाधीशकै हो । कार्कीसग अन्तर्वार्ता लिन पुगेका केही  सञ्चार कर्मीलाई  शपथ ग्रहण  गरे पछि आउनुहोला भनेर  फर्काइएको थियो । आजको कान्तिपुर दैनिकमा घनश्याम खडकाले लेखेका छन ।

 


प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल,…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं…

  • मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप…

  • तनाब असर र ब्यबस्थापन

    शुशिला आचार्य/अहिले भागदौड जीवनशैलीमा  परिस्थिति अपेक्षाले गर्दा हामीमा आउने शारीरिक मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka