बेपत्ता परिवारका आफन्तका आखामा आशा

सल्यान अनलाइन, बैशाख ०३, २०७३


काठमाण्डौ, दुई  छोरा  बेपत्ता  पार्ने  व्यक्तिविरुद्द्  पहिलोपल्ट बिहीबार  शान्ति  समितिमा  लिखित  उजुरी दिएपछि  बाके  कोहलपुर  ७  जमुनीटोलकी ५५ वर्षीया शीतली घर्तीले भनिन वर्षौंदेखिको  पीडाको  भारी  बिसाएजस्तै  मन हल्का भएको छ।

१३  वर्षीय  कान्छा  छोरा  नन्दराम  रसाइलो १७ वर्षीय गगनलाई ०५८ जेठ २७  गते  सुरक्षा  फौजले  घरबाटै  पक्राउ गरी  बेपत्ता  पारेको  थियो। उजुरीपछि अवस्था  सार्वजनिक  हुने  र  घटनामा  संलग्न व्यक्तिलाई  कारबाही  हुने  आस  उनीहरूमा जागेको  छ।    यसअघि  उजुरी  गर्न  खोज्दा पनि  प्रहरीले  दर्ता  गर्न  मानेको  थिएन।

शान्ति प्रक्रियाको महत्वपूर्ण अंगमानिएको  बेपत्ता  नागरिकको  छानबिनका लागि  उजुरी  लिन  थालिएको  पहिलो  दिन बिहीबारबाटै  आफन्तले  शान्ति  समितिमा उजुरी  दिन  थालेका  हुन्। बेपत्ता  आफन्तकोखोजीका  लागि  निवेदन  दिन  पाउ“दा पीडितहरू  निकै  आशावादी  देखिएका छन्। उजुरी  दिदै  उनीहरूले  भनेका छन् बेपत्ताहरूको  जे–जस्तो  अवस्था  छ, सार्वजनिक  होस् ।  सशस्त्र  युद्धका  बेला राज्य  र  माओवादीबाट  बेपत्ता  भएका व्यक्तिको  उजुरीका  आधारमा  बेपत्ता छानबिन  आयोगले  छानबिन  गरी  स्थिति सार्वजनिक  गर्नेछ।

दुई  छोरा  बेपत्ता  भएको  १४  वर्ष  पुग्न थाल्यो,  केही  अत्तोपत्तो  छैन। उजुरी  दिन पाएपछि  वर्षौंदेखिको  पीडा,  सकस  रछटपटी  केही  घटेको  महसुस  भएको  छ, नेपालगन्जस्थित  शान्ति  समिति  कार्यालयमा शीतलीले  भनिन उजुरी  लिने  काममात्रैसरकारले  नगरोस । बेपत्ता  पारिएकाहरू जे–जस्तो  अवस्थामा  छन्  त्यसबारे  जानकारी दिनुप¥यो ।   घटनामा  संलग्नलाई  कारबाही गर्न उनको माग छ। तत्कालीन सुरक्षाफौजले  माओवादी  आरोपमा  उनका  चारछोरालाई  घरबाटै  लगेको  थियो। दुई छोरालाई  रिहा  गरिए  पनि  नन्दराम  रगगनको  अवस्था  अझै  अज्ञात  छ।जमुनी  टोलकै  ६०  वर्षीय  हर्कसिंह  बुढालेपनि  छोरा  यज्ञबहादुर  र  नरबहादुरलाई तत्कालीन  सुरक्षा  फौजले  बेपत्ता  बनाएकोभन्दै उजुरी दिएका छन । भन्दै आजको कान्तिपुर दैनिकमा सामाचार छापिएको छ ।  




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka