बेपत्ता आयोगमा पहिलो दिनमै १५ उजुरी

सल्यान अनलाइन, बैशाख ०३, २०७३


बेपत्ता आयोगले उजुरी खोलेको पहिलो दिन नै देशभरबाट १५ वटा उजुरी परेको छ। आयोगका सचिव महेश शर्मा पौडेलले दिएको जानकारी अनुसार पहिलो दिन बिहीवार ६ वटा जिल्ला र केन्द्रमा गरी १५ वटा उजुरी परेको छ। 
आयोगले बिहीवारदेखि द्वन्द्वकालमा भएका बेपत्तासम्बन्धी अपराधमा उजुरी दिन कैही साताअघि नै सम्बन्धित पक्षहरुलाई आश्वान गरेको थियो। आयोगबाट प्राप्त जानकारी अनुसार आयोगको केन्द्रीय कार्यालयमा २ वटा उजुरी परेको छ। 

यसैगरी कैलालीमा १, बाँकेमा ४, दोलखामा ३, काभ्रपलान्चोकमा १। कास्कीमा १ र बर्दियामा ३ गरी १५ वटा उजुरी परेको छ। आयोगका सचिव पौडेलले विषयको संवेदनशीलतालाई ध्यानमा राखी कसले र कोविरुद्ध उजुरी दिएका हुन् भन्नेबारेमा हाल गौप्य राखिने जानकारी दिए भनि  समाचार पत्र दैनिकले समाचार छापेको छ । 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka