भद्रगोलको नयाँ एपीसोड फ्लप

सल्यान अनलाइन, भाद्र २२, २०७६


भद्रगोलको नयाँ एपीसोड फ्लप

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।

गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र १९ हजार डिसलाइक देखिएका छन् ।

यति मात्र होइन, यसमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।

यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

Onlinekhabar 




प्रतिक्रया दिनुहोस:

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka