सल्यान रिखेबजारमा सोमबार देखि महोत्सव

सल्यान अनलाइन, पौष १८, २०७३

सल्यान । सल्यानको रिखेबजारमा भोलि सोमबार देखि सांस्कृतीक महोत्सव सञ्चालन हुने भएको छ । सहयात्री कलाकेन्द्र एण्ड फिल्म्स् प्रालिको आयोजनामा सोमबार देखि २० गते सम्म सहयात्री सांस्कृतीक महोत्सव हुन लागेको महोत्सवका संयोजक सुरेश नेपालीले जनाएका छन् ।
कला र संस्कृती हाम्रो पहिचान, संरक्षण र सम्बद्र्धनका लागी लागुपदार्थ दुव्र्यशनी न्युनिकरण हाम्रो अभियान भन्ने नाराको साथमा महोत्सव सञ्चालन गर्न लागीएको नेपालीले जनाए । महोत्सवमा कलाकारहरु राजु परियार, दुर्गेश थापा, हेमन्त शिशिर, पूर्णकला विसी, पार्वती राइ लगाएतकाले प्रस्तुती राख्ने महोत्सवका निर्देशक डिल्ली थापाले जनाएका छन् । 


प्रतिक्रया दिनुहोस:

साहित्य

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka