लोक संगितमा उदाउदै गरेका सल्यानी शक्ती

सल्यान अनलाइन, पौष २७, २०७३


लोक संगितमा उदाउदै गरेका सल्यानी शक्ती

शक्ति चन्द नेपाली युवा लोकगायनमा उदाउदै गरेको चर्चित नाम हो । जीवनको २६ सौ वसन्तमा हिँडिरहेका उनले  सल्यान अनलाईन र नेपालगाथासँग कुरा गर्दै आफ्नो लोक संगित यात्राका केही महत्वपूर्ण  सम्झना हामी सामु बाँडेका छन । 

म सल्यानको कोटबारामा जन्मिए बाल्यकाल समय पुख्र्यौली घर कोटबारामै बित्यो । बुवा दानबहादुर चन्द र आमा सोभा चन्दको कोखबाट २०४७ सालमा छैटौ सन्तानको रुपमा जन्मीएको हु । गाउँको लोक संगितमय वातावरण, साथीसंगत र मेलापातले लोकसंगीतमा रस बस्यो । बिषेश गरेर आमाको प्रेरणाले म लोक गित संगितको क्षेत्रमा होमिएको हुँ । मेरो प्रारम्भिक स्कुले जिवन बालकोट प्राथमिक बिध्यालय कोटबाराबाट सुरु भयो । त्यस पश्चात ‌+२ सम्मको अध्ययन बालकन्या उच्च माध्यामिक बिध्यालय टाटके सल्यानमा गरेको हुँ । 

 

स्कुल पढ्दाताका नै स्थानिय लोकगित प्रतियोगता तथा कार्यक्रममा सामेल हुने मौका पाएँ । अग्रज दाईहरुका लोकगित गीत संगित सुन्दा आनन्द लाग्थ्यो । र, मलाई नेपाली लोक गित संगित कति महत्वपूर्ण रहेछ भन्ने त्यतिबैला थाहा भयो ।  २०६४ सालमा काठमान्डौ पुगेर “धुर्व तारा झै” भन्ने पहिलो एलबम निकाले त्यसबेलाको लोक संगितको बजारले गर्दा राजुपरियार दाई र मेरो स्वरमा गित रेकर्ड गराएका थियौ । त्यो गितले त्यति चर्चा पाउन सकेन । त्यसको २/३ बर्ष पछि लोक संगितमै लाग्ने प्रण सहित २०६७ सालमा काठमान्डौ हानिए । २०६८ सालमा लोकदोहोरी एल्बम “मनमा सजाय” बजारमा आयो साथै २०६९ सालमा लोकदोहोरी एल्बम “पलपल झल्को आएर” बाट राष्ट्रिय लोकदोहरी प्रतिस्ठानबाट उत्कृष्ट लोक गायकको अवार्ड पाए । त्यस पछी फछाडि फर्केर हेर्नु परेको छैन र निरन्तर लोक गित-संगितको साधानामा लागिरहेको छु ।

म सल्यानमै रहदाँ सल्यानी टप्पा गित सुनेर अभ्यस्त भै सकेको थिए । मलाई लाग्यो आफ्नो मौलिक गीत गाऊ न ! त्यसपछि म सल्यानी लोकगीतको टप्पा गित खोज्नतिर लागेँ । सल्यानी टप्पाको भाका साहै मनपरेको थियो । तर गीत विस्तार गर्न सकिरहेको थिइनँ । एक दिनसोचे सल्यानका सम्पदा आफ्नै स्थानिय ठाउहरुलाई समेटेर सिङ्गारु गित लेखे “मनका बिलरी”

“रन पुत्ली गाईका एउटा बाछो एउटा बाछी ,
रन पुत्ली गाईका,
मेरा जति बिलरी त ,क्या होलान र साइका..

'म जन्मेको म हुर्केको सल्यान कोट बारा,
सल्यान कोट बारा,
गाउँ घरलाई सम्झ्याबेला बग्छन आँसु धारा..

सधै संङ्लो पानी सल्यानैको कुपिन्डे ताल..
सधै संङ्लो पानी,
श्री नगर भेटन आउला साईको माया मानी..

तल कपुरकोट. माथि पर्यो कुमाख लेख
तल कपुरकोट
अभागीको कर्मै खोटो मनमा चोटै चोट..

पिर नगरे साईले दुईदिनको चोला हाम्रो
पिर नगरे साईले,
रक्षागरे भेट होईजाला खैराबाङ्गी माईले…”

सल्यानी संस्कृतिलाई देश बिदेशमा चिनाउनका निम्ति व्यक्तिगत खर्चमा यो गित रेकर्ड गराए निकै चर्चित भयो । मलाई देश बिदेशमा चिनायो पनि । २०६७ सालमा काठमान्डौ प्रवेश गरेदेखी निरन्तर गाउन थालेँ । यस बिचमा मेरा ६० भन्दा धेरैं गित रेकड भैसकेका छन । तिमध्ये “मायालाई कुर्दा कुर्दै” “पुर्बेलिको बोली” “मनको गित” “मत बगर” “हिरोनी भैन र” “होला नानै” “तिमि भाको ठाम तिर” “पिरतिको जुवा” जस्ता गित लोक दोहोरी जगतमा चर्चाको शिखर चुम्न सफल भएका थिए ।

यी लोकगितहरु बजारमा आईसके पश्चात लोक गित संगितमा थप उचाई प्राप्त गर्नुका साथै आफु एक सफल र कर्तव्यनिष्ठ लोक सर्जकको रुपमा स्थापीत हुदै राष्ट्रिय रुपमा संगित जगतमा उर्लदो छाल भएर उभिने प्रयत्न गरिरहेको बताउछन ।

चन्द अहिले सम्म कार्यक्रमको शिलशिलामा बहराईनका साथै देशका ४० भन्दा बढी जिल्लाको भ्रमण गरीसकेका छन । सल्यानको लोक संकृति तथा सल्यानलाई राष्ट्रिय रुपमा परिचित बनाउन काठमान्डौमा रहेका सबै सल्यानी कलाकारहरुको साझा संगठन निर्माण गरेर अगाडि बढिरहेको  र यसले सल्यानका कलाकारहरु बिच निरन्तर सम्पर्क र सल्यानी संस्कृतिको प्रर्वदनगर्ने आशा लिएको कुराकानीको क्रममा बताए ।

हाल सम्म अबिभाहित रहेका शक्ति चन्दका गितले यतीबेला सबै बर्गका श्रोता तथा नेपाली लोकसंगितका पारखीहरुको मन जितिरहेका छन । साथै उनको लोकदोहरी गित “छैन क्यै उन्नती” युट्युबमा भर्खरै रिलिज भएको छ । सल्यान अनलाईनसँगको कुराकानीमा उनले थुप्रै बिवाहको प्रस्ताव आईरहेको भएता पनि तत्कालै बिवाह गर्ने सोच नरहेको बताए ।

असाध्यै दुःख झेलेर गित संगित सृजना गर्ने सर्जकहरु भन्दा पनि पैसा र सस्तो लोक प्रियताको लागी संगित क्षेत्रमा लाग्नेहरुले गित संगित क्षेत्रलाई बिगारेको भन्दै अहिले भने राष्ट्रियलोक दोहरी प्रतिस्ठानले त्यस्ता गित संगितहरुलाई सेन्सर गर्ने गरेको बताए । आफुले लोकगित संगितको माध्यमबाट आफ्नो मौलिक सल्यानी संस्कृतिलाई फरक पहिचान दिन कोसिस गर्ने र यसकालागी केहि समय पछी सल्यानका सांस्कृतिक सम्पदा  तथा पर्यटकीय स्थलहरु भएको ठाउमा पुगेर आफ्ना गितको भिडियो सुटिङ्ग गर्नलागेको बताए ।   

लोक सँगितको भिडबाट छुट्टै आशलाग्दो युबा गायकको पहिचान कायमगर्न सफल सल्यानी कलाकार शक्ति चन्द सल्यानका मात्र नभई देशकै प्रतीभाशाली लोकगायकका रुपमा स्थापीत भैसकेका छन । युवा अवस्थामै आफ्नो सम्पुर्ण जिवनलाई लोकसंगितमै समर्पण गरेका चन्द अझै पनी सफलताको पाईला चुम्न सफल हुन् हाम्रो शुभकामना । प्रगतीको पथमा लागेका यी पाईलालाई हाम्रो उच्च सम्मान् अनि सबै सल्यानी र नेपाली हृदयमा डेरा जमाउदैगरेका सल्यानी सर्जकलाई सबै लोकगित पारखीको तर्फबाट सलाम ।

प्रस्तुती : सुरेश खडका ।




प्रतिक्रया दिनुहोस:

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka