सल्यानी आर्जेश अभिनयमा जम्दै

सल्यान अनलाइन, माघ १६, २०७३

सल्यानी आर्जेश अभिनयमा जम्दै

काठमाडौं । सल्यान सेजवालटाकुरा १ मा जन्मिएका २७ वर्षीय आर्जेश रेग्मी अभियनमा जम्न थालेका छन ।  उनले  २०६५ सालदेखी अनामनगर स्थित मन्डला थिएटरमा सुनिल पोखरेल, राजन खतिवडा र दयाहाङ्ग राई जस्ता अब्बल कलाकारबाट अभिनयको प्रशिक्षण लिएका छन । रेग्मीले मण्डला थिएटरमै बैतरणी क्याफे, जिरो जिरो जेड, जार भएकै एउटा कथा, सुनकेशरी, चरण दास चोर, डिग्री माईला लगाएत दर्जन बढी नाटकमा समेत अभिनय गरिसकेका छन ।

रेग्मीले म्युजिक भिडियो 'घरबार हुन्छ कान्छी' मा नम्रता श्रेष्ठ सँग रोमान्स गरेका भने हाल सम्म उनले ३ दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।

साथै उनले त्यान्द्रो, उत्सव, तमसुक चलचित्रमा सपोर्टिङ् नायकको भुमिका निर्बाह गरेका छन, भने रामबाबु गुरुङ्का चर्चिच फिल्म कबड्डी र कबड्डी कबड्डीमा प्रोडक्सन कन्ट्रोलरको भुमिका निभाएका थिए र उनले अभिनय क्षेत्रमै लागेर सफल नायक हुने लक्ष्य राखेका छन ।

खासै मिडियामा आउन नरुचाउने रेग्मी सल्यानीहरु माझ रेग्मी त्यती परिचित छैनन । उनि २०६५ साल देखी काठमान्डौमै निरन्तर अभिनय र मोडलिङ्गको क्षेत्रमा संघर्ष गरिहेका छन । सल्यान अनलाईन सँगको कुराकानीमा आफुलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गर्दै भविष्यमा उत्कृष्ट नायक बन्ने आफ्नो सपना रहेको बताए र आफु अहिले फिल्मको सुटिङ्गको लागि हेटौडामा रहेको बताए ।

आर्जेश रेग्मीका तस्बिरहरु र उनले अभिनय गरेका केहि भिडियोहरु:

 

 

उनलाई फेसबुकमा फलो गर्न यहाँ थिच्नुहोस

प्रस्तुति शुरेस खडका ।


प्रतिक्रया दिनुहोस:

साहित्य

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka