व्याडमिन्टन डबल्स प्रतियोगिताको उपाधि सुनार र न्यौपानेलाई

सल्यान अनलाइन, असोज १३, २०७६


व्याडमिन्टन डबल्स प्रतियोगिताको उपाधि सुनार र न्यौपानेलाई

असोज १३, सल्यान
जिल्ला व्याडमिन्टन संघ सल्यानको आयोजनामा भएको जिल्ला स्तरिय खुला व्याडमिन्टन डबल्स प्रतियोगिताको उपाधि ज्योति सुनार र हरि न्यौपानेले हात पारेका छन् । 
तीन दिनसम्म चलेको प्रतियोगितामा शारदा नगरपालिका वडा न १ श्रीनगर निवासी ज्योति सुनार र हरि न्यौपानेले उपाधि उचाल्न सफल भएका हुन । यस्तै जगदिश ऐर र मोहन डाँगीको टिम दित्तिय भएको छ  । तेस्रो स्थानमा तारा बहादुर बस्नेत र सन्तोष बस्नेत भएका छन् । 


जीवन कुमार डिसी र गौराज घर्तीको टिम सान्त्वना  स्थान हासिल गर्न सफल भएको छ ।उदयमान खेलाडीमा विकास पुन रहेका छन् भने उत्कृष्ट खेलाडीमा ज्योति सुनार, अनुशासित खेलाडी मोहन डिसी घोषित भएका छन् । 
प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने व्यक्तिहरुलाई आज शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीे प्रमाणपत्र प्रदान गरेका छन् । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka