सल्यान जिल्लाका विद्यालयमा कम्पयुटर, ईन्टरनेट अभियान चलाअौ

सल्यान अनलाइन, फाल्गुन २८, २०७२

सल्यान जिल्लाका विद्यालयमा कम्पयुटर, ईन्टरनेट अभियान चलाअौ

राजकुमार बुढाथोकी मलेसिया, हजुर नमस्कार ।
कुसल छु कुसलताको कामना गर्दछु ।
जब एउटा सामान्य बिज जमिनबाट उम्रिएर एक बिशाल वृक्ष बन्दै अनगन्ती फल दिन सक्छ भने हामी त बास्तबिक संसारका चेतनशिल प्राणी हौ । हामीले गरे असम्भब भन्ने केहि छैन । मात्रै तपाई हाम्रो दृढ संकल्प र सहकार्यको जरुत छ ।

सल्यान जिल्ला भौगोलीक रुपमा सुगम मानिएता पनि हरेक क्षेत्र तह तप्कामा पछी परेको तितो यथार्थ हो । यहाँ समाजीक चेतनाको अभाव छ , शिक्षा रोजगार र औधोगीकरणको बिकास नहुदा प्रयाप्त रोजगारी हरु सृजना हुन सकेका छैनन । बिवशता बस केहि गरौ भन्ने चहाना र उत्साह हुदाहुदै ज्यान जोखिमा राखेर खाडि मुलुकमा पसिना बगाउनु परेको छ ।

तितो यर्थात भानौ होला यहाँ राजनिती भोटबाजिको भाषणमा मात्र सिमित छ । निहित राजनैतिक स्वार्थको लागी सल्यानी जनता पटक-पटक प्रयोग भएका छन । तर उपलब्धि शुन्य । बिभिन्न खालखण्डका राजनैतिक आन्दोलन, जस्मा सल्यानिहरुको सकृय सहाभागिता भयो तर सल्यानी जनताको जिवनस्तर कहिल्यै माथिउठन सकेन ।

हाम्रो सल्यान किन पछि परेको हो ? के कति कारणले ?  हामिले सल्यान जिल्लाका हरेक क्षेत्रलाई किन माथी उकाल्न सकिरहेका छैनौ ?  के सल्यानमा कुनै संभावना नै छैनन ?  किन यो जिल्ला शैक्षिक क्षेत्रमा देशकै सबै भन्दा पछाडी परेको जिल्ला भनेर चिनिन्छ ? राजनैतिक परिबर्तनको दशक बितिसक्दा पनि किन हामिले सल्यानको समाजिक जिवन स्तरलाई माथि उठाउन सकेनौ ?

यसको दिर्घकालीन योजना सहित हामि हरेक सल्यानी आ-आफ्नो ठाँउबाट जुटनु आवश्यक छ ।

प्राणी जगतको सबै भन्दा सानो जीव 'कमिला' जस्ले मानब जगतलाई नै उच्च पाठ सिकाउने कर्मठ र पौरखीको प्रतिसुचक बन्न सक्छ भने हामि किन नसक्ने ?  केवल हामि हाम्रो सोच बदलौ ।

हाम्रो समाजमा जे जति पनि लोप पाप र स्वार्थले जरा गाडेका छन  त्यो तपाई हाम्रो लाचार व्यवहारले गर्दा हो । हामि गल्ति जति आफु गर्दै दोष जति सबै अरुलाई मात्र तेर्स्याउदै राम्रो कामको जस जति सबै आफै लिन खोज्छौ । आजैको दिन देखि यो सोच र चिन्तनलाई हामि सबैले परित्याग गर्न आवश्यक छ ।

आजको सुचना प्रविधीको युगमा पनि हाम्रा शैक्षीक संस्थाहरु कम्पयुटर शिक्षा बिहिन अवस्थाबाट शिक्षालाई आगाडि बढाई रहेका छन । तपाई आफै परिकल्पना गर्नुहोस अब पनि हामिले हाम्रो पुस्तालाई युग सुहाउदो शिक्षा दिन सकेनौ भने अबको २० बर्ष पछिको हाम्रो पुस्ता कहाँ होला । भबिस्यमा हाम्रो सन्ततिले बिश्व बजारमा आफुलाई कसरी स्थापित गर्न सक्ला ? बिश्मा बिकसित भएका प्रबिधीहरुको प्रयोग गरेर कसरी समाज बिकासको परिकल्पना गर्न सकिएला ।

कृपया मेरो अनुरोध छ सबैलाई कम्पयुटर शिक्षा बिहिन अवस्थाबाट गुज्रिरहेका हाम्रा शैक्षिक संस्थाहरुमा तपाई हाम्रो सहयोग र समर्थनले सल्यान जिल्लाका हरेक बिधालयहरुमा कम्पयुटर शिक्षा र जिल्लाभरी ईन्टरनेटको बिस्तार गर्ने की  ?

अझै पनि हामि NGO/INGO  नेपाल सरकारकव आशामा रहयौ भने तपाई हाम्रा छोराछोरी सुचना प्रविधि तथा कम्पयुटर रुपी शिक्षाबाट अझै केहि समय अन्धकार मै रहने छन ।

हामो जिवन छोटो छ र यो धर्तीमा देखा पर्ने सौभाग्य घरी घरी हामि प्राप्त गर्ने छैनौ । त्यसैले यो जगतमा बाचुन्जेल अरुको भलाईकोलागी हामी सहयोगी बन्न सक्यौ भने त्यो जिबनको सार बेग्लै हुनेछ ।

अन्यथा केहि होईन तपाईहामि मिलेर अब सल्यान जिल्लाको शैक्षिक क्षेत्रमा केहि टेवा पुग्ने हेतुले "सल्यान जिल्लाका हरेक बिधालयमा कम्पयुटर र ईन्टरनेट" अभियान संञ्चालन गरौ ।

कृपया हामी अब आफ्नो बिबेकको ढोका खोलेर अलिकती बढी उदारता, अलिकति बढी दायित्व र अलिकति बढि जिम्मेवारी बोध गरौ परिबर्तन हाम्रै जिवनकालमा संभव छ ।

सकेको हामि आफै गरौ अरुको मुख नताकौ "थोपा थोपा मिलेर समुन्द्र बनेझै" हामिले आ-आफ्नो ठाँउ देखि सहयोग र समर्थन गरौ ।

सकेजति आर्थिक गरौ आर्थिक नभए पनि मन बचन र कर्मले गरौ । हुदैन सकिदैन भनेर निरास भएर होईन सकिन्छ र गर्नु पर्छ भन्ने दृढ अठोट र बिश्वासका साथ लागौ गरेपछि नहुने केहि छैन ।

हामि सँग बिगत र भबिश्यलाई नियाल्न सक्ने दुर दृष्टि पनि छ । हामिले चाहेको खण्डमा धेरै गर्न सक्छौ । तर किन गर्न सकिरहेकाछैनौ वा के कुराले छेकिरहेको छ त ? अब सोच्ने बेला आएको छ ।

हामि अभावमा छौ आधुनिक प्रबिधी छैन शक्तिको परिचालनको कमि छ । सल्यानका हरेक बालबालिकाहरुलाई कम्पयुटर शिक्षामा मजबुत बनाउने ईच्छासक्ती अनि जागर छ यहि ईच्छाशक्ती र सकारात्मक सोचले तपाई हामीमा आ-आफ्नो समाज गाउ ठाउलाई केही गर्ने प्रेरणा मिलोस मेरो तर्फबाट शुभकामना ।

अन्तमा , तपाई हामिमा केहि कमजोरी होला तर यो आभियानबाट हार्ने मान्ने छैनौ ,  भन्दै सबै सल्यानी दाजुभाईहरुबाट सकारात्मक सल्लाह सुझाबको अपेक्षा गर्दछु ।

धन्यबाद जय सल्यान

राजकुमार बुढाथोकी सल्यान हाल मलेसिया । 


प्रतिक्रया दिनुहोस:

साहित्य

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka