विकास साझेदारीमा संभव छ : प्रजिअ ढकाल

सल्यान अनलाइन, भाद्र २८, २०७५


विकास साझेदारीमा संभव छ : प्रजिअ ढकाल

कमप्युटर एशोशियस महासंघ (क्यान)जिल्ला शाखा सल्यानको पाँचौ साधारण सभा सल्यानको श्रीनगरमा सुरु भएको छ ।  साधारण सभाको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी कमलराज ढकाले विकासमा नीजि क्षेत्र सहकार्यलाई सरकारले अघि सारेको वताउनु भयो । उहाले भन्नुभयो सरकारी कामलाई डिजिटलाईट गर्न विभिन्न कार्यक्रम सुरु भएको छ । यसमा नीजि क्षेत्रको सहयोग आवश्यक छ ।
कर्णाली प्रदेश सरकारले प्रेस लेसको अभ्यास सुरु गरेको छ ।  समयक्रम संगै सवै क्षेत्रमा यसको लागु हुन सक्छ  ढकालले भन्नुभयो – सरकारले ल्याउने नीति र कार्यक्रम लागु गर्न सवैको सहयोग आवश्यक हुन्छ ।
कमप्युटर एशोशियस महासंघ (क्यान)का केन्द्रीय सदस्य भुपेन्द्र सिह वलीले  देशको विकास प्रविधिको विकास र उपयोग विना सम्भव नभएको वताउनु भयो । उहाले भन्नु भयो – विकशित मुलुकहरुको प्रविधिको आविश्कार र प्रयोग मात्र उन्नती र प्रगती गरेका हुन ।
सूचना प्रवीधिको विकास संगै हुने फाईदा र वेफाईदावारे सचेत रहदै विकासका क्षेत्रमा प्रवीधिको अधिकतम प्रयोग गर्नु आवश्यक छ ओलीले भन्नु भयो स्थानीय तहका सरकार संग नीजि क्षेत्र सहकार्य गरेर अघि वढ्न चाहान्छ ।
कार्यक्रममा सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाही, क्यानका कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, सल्यान उद्योगवाणिज्य संघका महासचिव भरत वस्नेत लगायतले साधारण सभा सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
जिल्ला कोषाध्यक्ष  मित्रलाल सुनारको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको अध्यक्ष जिल्ला शाखा अध्यक्ष भीम मल्ल र सञ्चालन सचिव डम्वर शाहीले गर्नु भएको थियो ।
साधारण सभाको वन्द सत्रमा एक वर्ष सम्म भएका कार्यक्रमको समिक्षा गर्ने अवको कार्यक्रम तय गर्ने गरी छलफल हुने अध्यक्ष भीम मल्लले वताउनुभयो ।
 




प्रतिक्रया दिनुहोस:

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka