चिप्ले गाउँमा विद्युत पुगै खुसी साटासाट

सल्यान अनलाइन, पौष १३, २०७५


चिप्ले गाउँमा विद्युत पुगै खुसी साटासाट

समिर श्री ⁄रामप्रसाद शर्मा । सल्यान दार्मागाउँपालिकामा पहिलोपटक बिधुत विस्तार भएको छ । यहाँको  वडा नं ६ चिफ्ले वाहुनगाउँमा विद्युत विस्तार भएसंगै दार्मागाउँपालिकामा एक गाउँमा विजुली वलेको हो ।  यहाँ रहेका १४ घर धुरीमा विजुली वत्ती जडान भएको छ । विजुली वत्ती गाउँमा पुगेको अवसरमा  स्थानीयले सामुहिक भोजभतेरको समेत आयोजना गरेका थिए ।।     दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसी, उपाध्यक्ष टिका केसी,  नेपाल विद्युत प्राधिकरण जिल्ला शााखा सल्यानका प्रमुख अर्जुन पोख्रेलले सामुहिक रुपमा विजुली वत्तीको स्विच अन  गरेर उद्घाटन गर्नुभएको थियो ।
  कार्यक्रममा गाउँपालिका अध्यक्ष निमवहादुर  के.सी. ले आफूहरु जनताका आवश्कता हरु परिपूर्ति गर्न ईमानदार भई लागिरहेको र आफ्नो कार्यकाल भित्रै दार्माका आधा घरधुरीमा बिजुली पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले भन्नुभयो गाउँपालिकामा यसै वर्ष चार स्थानवाट विद्युत विस्तार गर्न सर्वे भैसकेको र टेन्डर प्रक्रिया सुरु गर्न लागेका छौ ।
    गाउँपालिका उपाध्यक्ष टिका शर्माले वलीले जनताको मागमा आधारित योजना निर्माण भएमा जनसहभागिता वढ्ने चिप्लेमा सम्पन्न योजनावाट आफुहरुले सिकेको वताउनु भयो । उहाले भ न्नुभयो यहाँका जनताको सक्रियताले खुसी भएका छौ ।
 नेपाल विद्युत प्राधिकरण वितरण शाखा सल्यानका प्रमुख अर्जुन पोख्रेले विद्युतिकरण नछोएका दार्मा र कुमाख गाउँपालिकालाई आफुले  प्राथमिकतामा राखेको वताउनु भयो । उहाले भन्नुभयो गाउँपालिका केन्द्र सम्म यसै वर्ष विजुली वत्ती विस्तार गर्ने गरी काम अघि वढाइएको छ ।

करिव ४३ लाखको लागतमा सम्पन्न गरिएको उक्त बिधुतिकरण योजना बाट पहिलो पटक १४ घरधुरीले बिजुली बाल्न पाउने भएका छन्  ।  गाउँमा विजुली वत्ती वाले संगै आफुहरुमा खुसी छाएको स्थानीय तिलकराम देवकोटाले  वताउनु भयो । यहाँ विजुलीवत्ती वलेसगै दार्मागाउँपालिकामा विद्युत सेवाले छोएको छ ।




प्रतिक्रया दिनुहोस:

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka