सिम्ताको घोरेरी गाउँ जोड्ने झोलुङे पुल निर्माणले स्थानीय खुसी

सल्यान अनलाइन, साउन १४, २०७५


सिम्ताको घोरेरी गाउँ जोड्ने झोलुङे पुल निर्माणले स्थानीय खुसी


दुर्गा वि.सी./सिम्ता गाउँपालीका वडा, ६ घोरेरी सुर्खेतमा भेरी नदिमा झोलुङे पुल निर्माण भए पछि स्थानीय खुसी वनेका छन् । १ सय ५५ मिटर लम्बाई भएको ५६ टन क्षमताको यो पुल हरिहरि काँग्रि जेभिले १ करोड लागतमा पुलको काम सम्पन्न गरेको छ । पुल वने पछि उक्त स्थानको तावु विस्थापित भएको छ । पुल नहुदाँ त्यहाँका स्थानीय तेहि तावुबाट भेरीमा जोखिम पुर्ण तवरले आवत जावत गर्ने गरेका थिए । सडक देखि उच्च स्थानमा रहेको पुलको लागि मोटरसाईकिल सम्म आवत गर्ने सडक गाउँपालीकाले यो आर्थिक वर्षमा निर्माण गरिदिने गाउँपालिका अध्यक्ष कविन्द् कुमार के.सीले भनाई रहेको छ । करिव ४५ को हाराहरीमा रहेको घरधुरीका ३ सय वढि स्थानीय पुल वने पछि आवत जावतको लागि सुविधा हुने भएको छ । वारपार गर्न लागि सधै जोखिम मोलरे हिड्ने गरेका घोरेरीका तुलवीर वुढाले पुलको काम सकिएर आवत जावत गर्न निक्कै सजिलो भएको वताए । त्यसै गरि विद्यालय पढ्न जाने वालवालीकालाई समेत यसले छोटो सजिलो वनाईदिएको छ । बन्गाड कुपिण्डे नगरपालीका १ को अम्रा नजिकैबाट सुर्खेत सिम्ता गाउँपालिका घोरेरी गाउँमा पुल जोडिएको छ । अर्को सोहि स्थानको ठिग्नीमा पनि २ वर्ष अघि झोलुङ वने पछि त्यहाँका स्थानीलाई आवत जावतमा सजिलो भएको छ ।




प्रतिक्रया दिनुहोस:

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka