सल्यानमा नेत्रलाल अभागी शिक्षालय

सल्यान अनलाइन, साउन २८, २०७५


सल्यानमा नेत्रलाल अभागी शिक्षालय


सल्यानमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले आंगिक कलेजको रुपमा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ ।

परिषदको निणर्य अनुसार र सल्यान खलंगामा नेत्रलाल अभागीस्मृति बहुप्राविधिक शिक्षालय  स्थापना हुने छ ।  यस अघि शारदा नगरपालिका खलंगा साहुटोलमा शिक्षालय स्थापनाका लागि स्थानीले जग्गा समेत दिने घोषणा गरेका थिए ।
यस्तै परिषदले दाङको घोराहीमा कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र तथा रुकुममा पनि सहिदकै नाममा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरिएको गरेको कर्णाली प्रदेशका अर्थमामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनु भयो । 

रुकुमको कलेजको नाम फाइनल नभएको भए पनि जनयुद्धकै अग्रणी सहिदको नामबाट हुने उहाँले बताउनुभयो । देशका आठ स्थानमा यस्ता कलेज यो शैक्षिकसत्रमा स्थापना हुनेछन् । 
शिक्षामन्त्री एवं परिरषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


सल्यानमा यो बर्ष अस्थायी रूपमा खलंगा वरपरको कुनै सार्वजनिक विद्यालयको पुर्वाधार प्रयोग गरि कार्यक्रम संचालन गर्ने, जग्गा दाताबाट प्राप्त गरेको जग्गा तुरुन्त सिटिइभिटीको नाममा पास गर्ने र इन्जिनियरको टोलि खटाएर नक्शा तयार गरी यसै बर्षदेखी भवन निर्माणको काम शुरु गर्ने समझदारी पनि भएको नेकपा यूवा नेता रमेश मल्लले जानकारी दिनु भयो ।

संघ र प्रदेश सरकारको संयुक्त ) को लगानीमा, छुट तालिकामा रहेका विद्यार्थी भर्ना गर्ने गरि प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटिइभिटी) ले सल्यानमा डिप्लोमा तह कृषि र डिप्लोमा तह इन्जिनियरीङ (सिभिल ) कार्यक्रम संचालनको अनुमति दिने भएका हो ।




प्रतिक्रया दिनुहोस:

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka