कर्मचारी समायोजनले वजेट कार्यन्वयनमा चुनौती : मन्त्री ज्वाला

सल्यान अनलाइन, बैशाख ०८, २०७६

कर्मचारी समायोजनले वजेट कार्यन्वयनमा चुनौती : मन्त्री ज्वाला

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्मचारी समायोजनले वजेट कार्यन्वयनमा चुनौती थपिएको वताउनुभएको छ । 

कर्णाली प्रदेश सरकारको योजना तथा वजेट कार्यान्वयनको अवस्थाको वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले कर्मचारी समायोजनले कर्णालीवजेटको कार्यान्वयनमा चुनौती थपिएको वताउनुभएको हो ।

  कर्णालीको वजेट कार्यन्वयनको प्रमुख चुनौती भनेको कर्मचारी समायोजन भएको मन्त्री ज्वालाले वताउनुभयो । “पहिले पनि कर्मचारी कम थिए,अहिले समायोजनले झन खाली वनायो, कर्णाली रोज्ने कर्मचारी कम हुदा कार्यान्वयनमा थप जटिल्ता थप्यो” उहाँले भन्नुभयो । समायोजन पछि पनि कर्णालीमा कर्मचारी नआए प्रदेशले आफै करारमा भर्ना गरेर भएपनि वजेट कार्यान्वयन गर्ने वताउनुभयो । 

मन्त्री ज्वालाले साझा सुचिका अधिकार भित्रका कानुनहरु संघिय सरकारले समयमा नवनाउदा कर्णालीमा कानुन निमार्णमा समस्या भएको छ उहाँले भन्ननुभयो , “कर्णालीमा सार्वजनिक खरिद ऐन, निजामति ऐन लगाएतका ऐन नियमहरु वन्न नसक्दा समस्या भएको छ” उहाँले भन्नुभयो ।  केन्द्रले कानुन नवनाई प्रदेशले वनाउन समस्या हुने हुदा समयमै केन्द्रले कानुनहरु निमार्ण गर्नुपर्ने मन्त्री ज्वालाले वताउनुभयो । 

कर्णालीको आवश्यकता अनुसार केन्द्र सरकारले कर्मचारीको संरचना वनाउन नसकेको गुनासो गर्नुभयो । 


प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka