त्रिवेणी गाउँपालिकाले राख्यो नगर प्रहरी

सल्यान अनलाइन, बैशाख २७, २०७६

त्रिवेणी गाउँपालिकाले राख्यो नगर प्रहरी

वैशाख २७, सल्यान ।  त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलो पटक नगर प्रहरी राखेको छ । गाउँपालिकाले पहिलो चरणमा तीन जनालाई नगर प्रहरीमा नियुक्त गरेको हो । 
गाउँ कार्यपालिकाको निर्णय अनुसार पहिलो चरणमा तीन जनालाई नगर प्रहरीमा नियुक्त गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । १५ दिनको आधारभुत तालिम पश्चात नगर प्रहरी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । नियुक्त भएका कर्मचारीहरुलाई इलाका प्रहरी कार्यालय लुहामले सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको थियो ।
 गाउँपालिकाको सुरक्षा, विपद् व्यवस्थापन, न्यायिक समितिको कामकाज तथा भैपरी आयने सम्पुर्ण काममा उनीहरुर्लाइ खटाइने अध्यक्ष डाँगीले बताए । जुनसुकै समयमा पनि खटिनु पर्ने भन्दै उनीहरुलाई गाउँपालिका कार्यालयमै आवासको व्यवस्था गरिएको छ । 
उनीहरुको मासिक तलव १३ हजार तोकिएको छ । रासन भत्ता स्वरुप उनीहरुले मासिक ४ हजार पाउने र गाउँपालिकाले निर्धारण गरेको एक जोर पोशाक पनि पाउने उपाध्यक्ष करुणा खड्काले बताइन । 


प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka