भेरी–बबई डाइभर्सन विवाद, हामीले बिजुली उत्पादन गर्न पाउनैपर्छ : ज्वाला

सल्यान अनलाइन, जेठ १२, २०७६


भेरी–बबई डाइभर्सन विवाद, हामीले बिजुली उत्पादन गर्न पाउनैपर्छ : ज्वाला

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको स्रोत अरुले लिएपनि त्यसको लाभ भने पाउनुपर्ने वताउनु भएको छ ।  । शेयर किनबेच गर्ने कम्पनी इम्पेरियल सेक्युरिटिजले कर्णाली प्रदेशमै पहिलो शाखा कार्यालय उद्घाटनपश्चात् पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै मन्त्री ज्वालाले भेरी– बबई आयोजनाका कारण कर्णालीमा विवाद हुन सक्नेतर्फ संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।


भेरी–बबई डाइभर्सन आयोजनाको स्रोत बाँडफाँडमा कर्णाली सरकारले संघीय सरकारसँग स्पष्ट धारणा राखेको वताउनुभयो । ‘‘हाम्रा लागि राष्ट्रिय गौरवको आयोजना हो भनेर छातीसम्म फुलाउन सकिने अवस्था छ ।’’ उहालेभन्नुभयो , ‘‘छाती फुलाएर मात्रै हामी समृद्ध हुन सक्दैनौं । पानी लैजाउन् तर बिजुली उत्पादनको जिम्मा हामीलाई मन्त्रालयले देओस् ।’’

यसबारेमा प्रधानमन्त्री, मन्त्रीसँग आफूहरुले बारम्बार कुरा गरिरहेको जानकारी दिनुभयो । मन्त्री ज्वालाले कर्णाली प्रदेशका जनताको श्रोत लगिए पनि लाभ भने यहाँका जनताले नै पाउनुपर्नेमा जोड दिनुभयो । ‘‘बाँधको मुहानमा १२ मेघावाट बिजुली निकाल्न सकिने कुरा आएको छ ।’’ उनले भने, ‘‘त्यसका लागि हामी आपसी गृहकार्य बनाइरहेका छौँ ।

हामी त्यो आयोजना निर्माण गर्नेछौँ ।’’ उहाले संघीयता कर्णालीका जनताका लागि, सिंहदरबार नदेखेका जनताका लागि आएको दाबी गर्नुभयो  । ‘‘हामीसँग धेरै विद्युत आयोजनाहरु छन् । जसका लाईसेन्स विभिन्न नीजि तथा सरकारी संघसंस्थाले लिएका छन् । र काम अघि बढाएका छैनन् ।’’ ‘‘हामी स्थानीय तहसँग मिले र भएपनि एक जल िवद्युत्त आयोजना बनाउने गरी अघि बढेका छौँ ।’’ उहालेभ न्नुभयो राजस्वको बाँडफाँडमा जनसंख्यालाई मात्रै हेर्ने कुरा गलत भएको वताउनुभयो।

सरकारले कर्णालीलाई विशेष क्षेत्र घोषणा गरेर बढीभन्दा बढी पुँजी दिनुपर्ने र बाँडफाँडको मुख्य आधार भूगोल बनाउनुपर्ने माग गर्नु भयो ।


 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka