विप्लवको बम विस्फोट र बन्दले वार्ताको वातावरण बनाउन सक्छ : प्रचण्ड

सल्यान अनलाइन, जेठ १३, २०७६

विराटनगर/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको वताउनुभयो । उहाले भन्नुभयो राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको हो ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि ? मैले चाहिँ त्यसरी बुझेको छु ।’

वार्तामा आए प्रतिबन्ध हट्छ भन्ने प्रश्नमा प्रचण्डले यो ठूलो विषय नभएको वताउनुभयो । उहाले भन्नुभयो  एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताएका छन् । 


प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka