सल्यानमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर )

सल्यान अनलाइन, जेठ १५, २०७६


सल्यानमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर )

जेठ १५, सल्यान । १२ औं गणतन्त्र दिवसको अवसरमा सल्यानमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सदरमुकाम खलंगा लगायतका विभिन्न स्थानमा झाँकी सहित ¥याली निकालेर गणतन्त्र दिवस मनाइएको छ । खलंगाको पुरानो बसपार्कबाट सुरु भएको ¥याली डाँडागाउँ, टुडिखेल, जोडिपिपल, शान्ति स्मारकमा पुगी शहिदहरु प्रति मल्र्यापण गरिएको थियो । 


गणतन्त्र दिवसको अवसर सल्यान अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । ¥यालीमा विभिन्न संघ संस्था, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टले गणतन्त्र कार्यन्वयनको चरणमा रहेको बताए ।

उनले केही पक्षबाट गणतन्त्रलाई समाप्त पार्ने प्रयास गरी रहेकाले सबै पक्ष मिलेर यसको सस्थागत विकास गर्नुको विकल्प नरहेको बताए । 
शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नेपाली जनताको त्याग तपस्याबाट गणतन्त्र आएकाले गणतन्त्र सस्थागत गर्न सबै पक्ष लागि पर्नु पर्ने बताए । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka