विप्लवका जिल्ला नेताहरु नेकपा प्रवेश

सल्यान अनलाइन, भाद्र ०२, २०७६


विप्लवका जिल्ला नेताहरु नेकपा प्रवेश

कालिकोट । एक साता लामो जिल्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री तथा नेकपाका कालिकोटका ईन्चार्ज महेन्द्रवहादुर शाहीले नेकपाका जिल्ला नेतालाई नेकपामा प्रवेश गराउनुभएको छ । सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकमा विप्लवका जिल्ला सचिवालय सदस्य लगायतका नेताकार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको हो । विप्लवको आधारईलाकाका रुपमा प्रचार गरिदै आएको कालिकोटमै विप्लवले लिएको नीति प्रति असहमति राख्दै विप्लवका जिल्ला सचिवालय सदस्य कालीवहादुर महतारा लगायतका नेता कार्यकर्ताहरुले नेकपा प्रवेश गरेका हुन । सोमवार नै नेकपा कालिकोटको वैठकमा विप्लव निकट पत्रकार संगठनका रुपेन्द्र ऐडि र राप्रपाकी मधुकुमारी शाहीले पनि नेकपा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई फुलमाला तथा अविरले स्वागत गर्दै नेकपा केन्द्रीय सदस्य तथा कालिकोट ईन्चार्ज महेन्द्रवहादुर शाहीले क्षमताअनुसार पार्टीमा उपयुक्त जिम्मेवारी दिने वताउनुभयो । पार्टी प्रवेश पछि विप्लवका जिल्ला सचिवालय सदस्य कालीवहादुर महताराले हिंशात्मक राजनीतिको कुनै अर्थ नभएको भन्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्दै समाजवाद निर्माणको वाटोमा अगाडि वढ्ने वताउनुभयो । उहाँले विप्लवको राजनीतिक लाईन अस्पष्ट र दिशाहीन रहेकोले कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो । कालिकोटका दुर्गम गाँउहरुको भ्रमणमा रहँदा विभिन्न ठाँउहरुमा आफु लक्षित वम विष्फोटका घटनाहरु व्यहोरेका मुख्यमन्त्री तथा नेकपाका नेता शाहीले कालिकोटमै विप्लवका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनुलेअर्थपूर्ण रुपमा लिईएको छ ।

यसै विच विप्लव नेकपा माओवादी सल्यानको जनपरिषद प्रमुख मोहनलाल केसीले स्वास्थ्य उपचार गर्नु पर्ने भएकाले प्रमुखको जीम्मेवारीवाट स्वतन्त्र वस्ने वताउनुभएको छ । उहाले भन्नुभयो न कसैलाई दोष दिनु छ। न कसैको डर धाक धम्कीले राजनीति गर्नु छ ।
आफु स्वतन्त्र वन्ने र राजनीति छोड्ने विचारलाई कसैले कुण्ठीत गर्न नपाउने मोहनलालको भनाई छ ।
 आजै एक प्रेस विज्ञप्ती जारी गर्दे नेकपा सल्यानका सेक्रेटरी लोकपाल केसीले पाटी अनुशासन विपरित कार्य गरेकोले कार्वाही गरी पार्टी सदस्य नरहने गरी हटाएको जनाउनु भएको छ ।
 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka