कर्णाली प्रदेशको प्राथमिकता प्राविधिक शिक्षा : मन्त्री ज्वाला

सल्यान अनलाइन, भाद्र ०५, २०७६


कर्णाली प्रदेशको प्राथमिकता प्राविधिक शिक्षा : मन्त्री ज्वाला

भदौ ५, सल्यान

कर्णाली प्रदेशका आर्थिक मामिमला तथा योजना मन्त्री प्रकाश ज्वालाले  कर्णाली प्रदेश भित्रका क्याम्पसहरुलाई प्राविधिक क्याम्पसको रुपमा विकास गर्न पहल गर्ने वताएका छन्  । हालको शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने भन्दै प्रदेशभित्रको शैक्षिक अवस्था सुधार गर्नुपर्ने बताए । 

बुधबार सल्यानको श्रीनगरमा रहेको शिवजन क्याम्पसको दोश्रो क्याम्पस सभालाई सम्वोधन गर्दै मन्त्री ज्वालाले अहिले क्याम्पसबाट उत्पादित ठुलो जनसख्ंया वेरोजगार रहेकोले स्वरोजगारका लागि प्राविधिक शिक्षा आवश्यक रहेको वताए । उनले भने  हाम्रा क्याम्पसले उच्च शिक्षा दिएर वेरोजागार विद्यार्थी उत्पादन गरिरहेका छन् अव यसलाई सुधार गरी प्राविधिक शिक्षा दिन जरुरी छ कर्णाली प्रदेशले यसलाई प्राथमिकतामा राखेको छ । 

कर्णाली प्रदेश हरेक सम्भावना वोकेको प्रदेश भएकोले ठुलो प्राविधिक दक्ष जनशक्ति खपत गर्ने क्षमता भएको भन्दै मन्त्री ज्वालाले क्याम्पसले प्राविधिक शिक्षातिर ध्यान नदिए क्याम्पस नै संकटमा पर्ने मन्त्री ज्वालाको भनाई छ । उनले भने  कर्णाली प्रदेशमा कृषि तथा पशुपालनको लागि अनकुल जलवायु छ । प्राविधिक शिक्षा दिएर स्वरोजगार वनाउनेतिर क्याम्पसले सोच्नेवेला आएको छ । 

प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मन्त्री ज्वालाले प्रतिवद्धता व्यक्त गरे । क्याम्पसमा व्यवसायिक तथा प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले कुन कुरामा सहयोग गर्नूपर्ने हो योजना वनाएर आउनुस हामी सहयोग गर्न तयार छौं मन्त्री ज्वालाले भने  । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka