सल्यानमा नेकपाको भागवण्डाः दुबैलाई पाँच पाँच स्थानिय तह

सल्यान अनलाइन, भाद्र १२, २०७६


सल्यानमा नेकपाको भागवण्डाः दुबैलाई पाँच पाँच स्थानिय तह

भदौ १२,सल्यान 
नेपाल कम्युनिष्ट पार्टी सल्यानले लामो समयपछि जिल्लाका दश वटै पालिका र वडामा नेतृत्वको जिम्मेवारी बाँडफाँड गरेको छ । बिहिबार जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा स्थानीय कमिटीहरुको टुंगो लगाएको जानकारी गराएको हो  । साविक एमाले र माओवादीले पाँच पाँच स्थानीय तहको नेतृत्व पाएका छन । यस्तै साविक एमालेले ४२ र साविक माओवादीले ४१ वडाको नेतृत्व पाएको नेकपा सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिए ।
पुर्व एमालेबाट अध्यक्ष हुने स्थानिय तहमा पुर्व माओवादीबाट सचिव र पुर्व माओवादीको अध्यक्ष हुने स्थानिय तहमा एमालेबाट सचिव बनेका छन । पुर्व एमालेबाट बागचौर नगरपालिका, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी गाउँपालिका तथा पुर्व माओवादीबाट शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, कु्माख, र कालिमाटी गाउँपालिकामा नेतृत्व लिएका छन। 
कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तिर्थ राज बस्नेत सचिव, बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र लोकमान बुढाथोकी सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव रहेका छन् ।
 यस्तै सिद्धकुमाख गाउँपालिकामा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव र छत्रेश्वरी गाउँपालिकामा ओझ बहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्का सचिवको जिम्मेवारी प्रदान गरिएको जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले बताए ।
यस्तै शारदा नगरपालिकामा नविन सिंह भडेल अध्यक्ष र यौवन प्रकाश श्रेष्ठ सचिव, बन्गाड कुपिण्डे नगरपालिकामा कृती बहादुर राना अध्यक्ष र गुन्जमान बुढा सचिव, दार्मामा असविर बुढाथोकी अध्यक्ष र दल बहादुर केसी सचिव, कुमाखमा चन्द्र बहादुर राना अध्यक्ष र भैरव शाहा सचिव एवम् कालिमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसी सचिव रहेका छन् ।
साविक एमालेलाई ४२ र साविक माओवादीलाई ४१ वडाको नेतृत्व
त्यस्तै वडा स्तरमा पनि नेतृत्व कसले लिने भन्नेमा भागवण्डा भएको छ । पुर्व एमालेको तर्फबाट शारदाका वडा न १, २, ५, ६, ८, ११, १२ र १४ नम्बर वडा र पुर्व माओवादीको तर्फबाट वडा न  ३, ४, ७, ९, १०, १३ र १५ वडाको नेतृत्व पाउने भएका छन् । बन्गाड कुपिन्डेका १, ३, ४, ७, ९, १० र १२ पुर्व एमाले वडा न  २, ५, ६, ८ र ११ पुर्व माओवादीले जिम्मेवारी लिने भएको छ । यता बागचौर नगरपालिकाका वडा न २, ५, ९, १० र १२ पुर्व एमाले वडा न  १, ३, ४, ६, ७, ८ र ११ पुर्व माओवादीको जिम्मामा परेका छन । त्यस्तै कुमाख गाउँपालिकाका १, ३ र ६ पुर्व एमाले वडा न  २, ४, ५, ७ पुर्व माओवादीको जिम्मेवारी पाएका छन् ।
दार्मा गाउँपालिकाको वडा न १, ३, ६ मा पुर्व एमाले र २, ४, ५ मा पुर्व माओवादीको तर्फबाट नेतृत्व हुनेछ भने सिद्ध कुमाख गाउँपालिकाको वडा न  ३, ४, ५ पुर्व एमाले वडा न  १र २ पुर्व माओवादीले चलाउने छन । 

छत्रेश्वरीका ३, ४, ५ पुर्व एमाले र १, २, ६, ७ पुर्व माओवादी ,  त्रिवेणीको वडा न  १, ४, ५ पुर्व एमाले र २, ३, र ६ पुर्व माओवादीका अध्यक्ष हुनेछन । कपुरकोटका ३, ४, ५ पुर्व एमाले र १, २, ६ पुर्व माओवादी ,  कालिमाटीको वडा न  १, २, ३, ४ पुर्व एमाले र ५, ६, ७ पुर्व माओवादीका अध्यक्ष रहने छन्  ।
नगरपालिकाको कमिटिले भदौ भित्र पूर्णता पाउने र वडा कमिटिले असोजको पहिलो हप्ता भित्र पूर्णता पाउने सचिव बुढाथोकीले बताए । 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka