हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षका छोरा विरुद्ध उजुरी

सल्यान अनलाइन, भाद्र १९, २०७६


हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षका छोरा विरुद्ध उजुरी

भदौ १९, सल्यान 
जिल्लाको त्रिवेणी गाउँपालिका अध्यक्षका छोराले हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ । गाउँपालिकाले आह्वान गरेको टेन्डरमा ठेक्का हाल्न जाँदा हातपात भएको भन्दै प्रशासनमा उजुरु परेको हो । नदिजन्य पदार्थ उत्खनन्को बोलपत्र आह्वानमा आफुलाई प्रतिबन्ध गराउन हातपात गरेको डि खैरावाङ कन्ट्रक्सन प्रा.लि.का सञ्चालक डिल्लीराज खड्काले बताए । 
गाउँपालिका अध्यक्षका छोरा पोखरसिहं डाँगी, अनमोल श्रेष्ठ र गाउँ प्रहरी रहेका केशव वलीको नेतृत्वमा रहेका ५० जना गुण्डाहरुले कार्यालयको गेटबाटै हातपात गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ । प्रहरी प्रशासनको मिलेमतोमा ११ बजेर ५२ मिनेट देखि १२बजेर २ मिनेट जाँदासम्म आफ्नो नियन्त्रणमा लिई खुल्ला प्रतिस्पर्धाबाट विमुख बनाएको उल्लेख गरिएको छ । 
हातपात गर्नेहरु विरुद्ध सार्वजनिक स्थानमा हातपात गरेको मुद्या लगाई उक्त दरभाउ पत्र टेन्डर रद्द गरी पुन टेन्डर गर्न उजुरीमा उल्लेख गरिएको छ । 
त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले उक्त घटनाबारे आफुलाई थाहा नभएको र खड्का १२ बजेसम्म ठेक्का दर्ता गर्न नआएको बताए । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उजुरी उपर छानविन हुने बताएका छन् । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले टेन्डर प्रक्रियामा कुनै गलत कार्य नहोस भनेर पटक पटक प्रहरीलाई सजग गराएको बताए । उजुरीमा प्रहरीको मिलेमतोमा भन्ने विषय लान्छाना लगाउने कार्य मात्र भएको उनको भनाई छ । यदिन प्रहरी प्रशासनबाट कुनै गलत कार्य भएको प्रमाण भेटिए कारवाहीको दायरामा आउने उनले बताए । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka