मन्दिरमा वृक्षरोपण गरेर काँग्रेसले थाल्यो जागरण अभियान

सल्यान अनलाइन, भाद्र २४, २०७६


मन्दिरमा वृक्षरोपण गरेर काँग्रेसले थाल्यो जागरण अभियान

भदौ २४,सल्यान 
नेपाली काँग्रेस निर्वाचन क्षेत्र न ख) ले छत्रेश्वरी मन्दिर परिसरमा वृक्षारोपण गरी राष्ट्रिय जागरण अभियानको थालनी गरेको छ । १०६ औं विपि जयन्तीको अवसर पारेर सुरु गरिएको दोस्रो चरण जागरण अभियानको सुरुवात मन्दिर परिसरमा वृक्षारोपण गरी अभियानको थालनी गरिएको हो । 
                जागरण अभियानको उद्घाटन गर्दै केन्द्रिय प्रतिनिधि सीता राना मगरले जागरण अभियानले एकताको सन्देश दिने बताइन ।  छरिएर रहेका सम्पूर्ण काँग्रेसलाई यो जागरणले एक ठाउँमा केन्द्रित गर्ने उनको दावी छ । आफ्नो आन्तरिक घर मिलान सकेमा काँग्रेस मुलुकको ठुलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उनको भनाई छ । 


नेकपा सरकारले जनतामा दम्भ देखाएता पनि नडराउन कार्यकर्तालाई आग्रह गर्दै मगरले काँग्रेस प्रति सरकारले जुन नीति अवलम्वन गरेको छ उक्त नीति उसैका लागि घातक हुने बताइन । 
                      प्रदेससभा कार्यसमिति (ख) का सभापति सन्तोष केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्इ डिल्लीराज रेग्मी,नेपाली काँग्रेसका जिल्ला सभापति गणेश चन्द,, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्ट, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी लगायतले मन्तव्य राखेका थिए । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka