महिलाको कोठाका सामान प्रहरी नियन्त्रणमा, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सल्यान अनलाइन, असोज १४, २०७६


महिलाको कोठाका सामान प्रहरी नियन्त्रणमा, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

असोज १४, २०७६ काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद  ठहरिएका सामान नियन्त्रणमा लिएको छ।

यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन्। घटना सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित जाँचबुझका लागि सहायक हुन सक्ने शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए। उनका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी भने दिएकी छैनन्।

प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन्। पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने प्रहरी समक्ष बताएको सुवेदीले बताए। अरूसरह छानबिन र कारबाही हुने

महान्यायाधिवक्ता अग्नि खरेलले पत्रकारहरूसँग कुरा गर्दै 'घटना भएपछि सभामुख वा ठूलो मान्छे भनिँदैन। यस्तो अपराधमा सर्वसाधारणलाई जस्तो कानुन लाग्छ याे विषयमा पनि त्यस्तै कानुन हुन्छ।

कानुनबमोजिम जे हुनुपर्ने हाे त्यही हुन्छ' भन्ने प्रतिक्रिया दिएका छन्। सभामुख महरा र ती महिलाबीच आइतबार बेलुकाको भएको भनिएको घटनालगत्तै महिलाले १०० फोन गरेर प्रहरी बोलाएकी थिइन्। प्रहरीले घटनास्थलको फोटो खिच्ने र सम्बन्धित शंकास्पद सामग्री बरामद गरेर फर्केको थियो।

यौन दुराचारको आरोप लाग्नेमा महरा नेपालकै पहिलो उच्च पदस्त व्यक्ति हुन्। महरालाई यौन दुराचारको आरोप लागेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। त्यसलगत्तै आजै महराले उपसभामुख शिवमाया तुम्बहाम्फेलाई राजीनामा बुझाइ सकेका छन्।




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka