राष्ट्रिय मा बि दार्मा को विव्यस अध्यक्षमा वलीको प्यानल विजयी

सल्यान अनलाइन, असोज १५, २०७६


राष्ट्रिय  मा बि दार्मा को विव्यस अध्यक्षमा वलीको प्यानल विजयी

प्रकाश शर्मा असोज १५, सल्यान 
दार्मा गाउपालिका वडा नं १ मा रहेको राष्ट्रिय  माध्यामिक विध्यालयको विदालय व्यवस्थापन समितिको निर्वाचनमा कृष्ण बहादुर वलीको प्यानल नै विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा २ सय ८५ मतदाता रहेकोमा २ सय ८० मत खसेको थियो । काँग्रेस निकटका वलीले १ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका प्रतिद्धन्दी   सेतिराम बुढाथोकीले १ सय १७ मत प्राप्त गरेका छन । 
वली प्यानलका अन्य सदस्यहरुमा कमान बहादुर चन्दले १ सय ४१, सुशिलाले १सय ४५ कमला चन्दले १ सय ३८ मत ल्याई विजयी भएका छन् । नेकपा निकटका तिर्थ बहादुर रोकाय १ सय २१, दिलसरा दमाईे १ सय १८। शान्ता कटुवालले १ सय १३ मत प्राप्त गरेका छन् । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka