दुईवर्षमा कर्णाली उज्यालो बनाउछौं : मन्त्री पुन

सल्यान अनलाइन, कार्तिक २१, २०७६


दुईवर्षमा कर्णाली उज्यालो बनाउछौं : मन्त्री पुन

कात्तिक २१, सल्यान 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी दुई वर्ष भित्रमा कार्णाली उज्यालो वनाउने वताए। । कर्णाली प्रदेशका सवै वस्तीहरुमा विद्युत पु¥याउनका लागि संघिय सरकारले युद्धस्तरमा काम गरिरहेको उनको भनाई छ । 

नेपाल पत्रकार महासंघ सल्यानले विहिवार बरलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले समृद्धीको सपना वोकेर काम अगाडी वढाइरहेको भन्दै अबको दुई वर्ष पछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताए । उनले भने “कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहँुचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडी बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन ।”

“बिद्युतीकरणमा बिवगतका बर्षहरुमा बजेट बिनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो  बातावरण सिर्जना नगर्नुस आफना नागरिकलाई उज्यालो दिन सवै स्थानीय तहले अभियान सञ्चालन आग्रह गरे । 

उप निर्वाचन मिनि जनमत सग्रह 

उर्जाइ जलस्रोत तथा सिचाई मन्त्री पुनले मंसिर १४ गते हुने उप निर्वाचन सरकारको परिक्षण भएको बताए । झन्डै दुई तिहाईको सरकार जनतामा कति लोकप्रिय भएछ भन्ने कुराको परिक्षण उप निर्वाचनले गर्ने उनको भनाई छ । 

उप निर्वाचनलाई मिनि जनमत संग्रहको रुपमा हेरिएको समेत उनको भनाई छ । वर्तमान सरकारको परिक्षण भएकाले कुनै हिचकिचाहट सरकार परिक्षणमा जान तयार रहेको मन्त्री पुनले बताए । 

 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka