सल्यानमा ६१ दशमलव १२ प्रतिशत मत खस्यो

सल्यान अनलाइन, मंसीर १४, २०७६


सल्यानमा ६१ दशमलव १२ प्रतिशत मत खस्यो

मंसिर १४, सल्यान 
   सल्यानमा सम्पन्न उपनिर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुमाख गाउँपालिका ५ को वडाअध्यक्षको उपचुनावमा ६१ दशमलव १२ प्रतिशत मतदान भएको हो  । 
सरस्वती माध्यमिक विद्यालय झारकाँडा (क) र (ख) केन्द्रमा भएको मतदानमा १ हजार १ सय २४ मत खसेको छ । (क) केन्द्रबाट महिला ३ सय १२ र पुरुष २सय ८१  मतदान खसेको छ भने (ख) केन्द्रबाट २सय ८८ महिला र २सय ४३ पुरुषको मत छ । 
मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको  जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरी बहादुर बुढाथोकीले जानकारी दिए । हजार ८ सय ३९ मतदाता रहेको वडामा अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । 
२०७४ मा भएको स्थानीय तहको चुनावमा तत्कालिन माओवादीका हरी प्रकाश बुढाथोकी भारी मतले विजयी भएका थिए। मतगणना आजै यसैबीच मुख्य निर्वाचनको कार्यालय रागेचौरले मतगणना आजबाटै हुने जनाएको छ । 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka