सल्यान रानागाउँ हत्याकाण्डका हत्यारालाई सर्बस्वसहित जन्मकैद

सल्यान अनलाइन, मंसीर ०९, २०७३


सल्यान रानागाउँ हत्याकाण्डका हत्यारालाई सर्बस्वसहित जन्मकैद

सल्यान अनलाईन, सल्यान छायाक्षेत्र ९ राना गाउँमा एकैघरका ३ सहित ४ जनाको हत्याआरोपी सञ्जय भारतिलाई सल्यान जिल्ला अदालतले सर्बस्वसहित जन्म कैदको फैसला सुनाएको छ । भारतिले मिति २०७३ बैशाख १४ गते राति छायाक्षेत्र ९ रानागाउँ स्थित २३ बर्षिय सीता खान ठकुरी, उनकै छोरिहरु ३ बर्षिय पबित्रा खान, १ बर्षिय सबिता खान र सिता खानकै बहिनी मार्के निबासी १८ बर्षिय गिता गिरीको बस्तुभाउ बाँध्न प्रयोग गरिने किलाले पालै पालो हानेर बिभत्स हत्या गरेका थिए ।

मिति २०७३ साल मङ्सिर ९ गते जिल्ला न्यायाधिस माधबेन्द्रराज रेग्मीको इजलासले भारतीलाई सर्बस्वसहित जन्म कैदको फैसला सुनाएको हो । राणागाउ हत्याकाण्डका हत्या आरोपी भारतीमाथी जिल्ल्ला सरकारी वकिल कार्यालय मार्फत कर्तब्यज्यान तथा जबरजस्ती करणीको मुद्दा दायर गरिएको थियो । सो मुदाको पक्षमा सहायक जिल्लान्यायाधिबक्ता केशब प्रसाद गौतमले बहस गरेका थिए भने संजय भारतिको तर्फबाट बैतनिक कानुन व्यसायीले बहस गरेका थिए ।


तस्बिर श्रोत: सल्यान जिल्ला अदालत वेब साइट

सो घटनाको अनुसन्धानका लागि मध्यपश्चिम क्षेत्रियप्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याइएको भुन्टी नामको कुकुरको सहयोगमा अपराधीलाई मिति २०७३ साल बैसाख १५ गते प्रहरीको अनुसन्धान टोलिले पक्राउ गरेको थियो । 

यो पनि पढनुहोस:

छायाक्षेत्र ९ रानागाउँमा एकै घरका ३ सहित ४ जनाको हत्या
एकै घरका ३ सहित ४ जनाको हत्यामा संलग्न  अभियुक्तबाट अपराध स्वीकार 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka