छबिकिरण अधिकारीका रचना बाचन

सल्यान अनलाइन, कार्तिक ३०, २०७५

छबिकिरण अधिकारीका  रचना बाचन

पुस्पा रिजन डि.सी/सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको दशौं साहित्य श्रृङखलामा साहित्यकार छबिकिरण अधिकारी रचना वाचन गर्नु भएको छ ।  उहाले कविता, मुक्तक, गित र गजलहरु कार्यक्रममा प्रस्तुत गर्नु भएको हो । 
बागचौर नगरपालिका ६ जामिरेचौरमा भएको कार्यक्रममा अधिकारीले आफु साहित्य सृजना मार्फत समाजको चित्र उर्तान चाहेको वताउनु भयो । बागचौर नगरपालिका १० पिपलनेटा घर भएका अधिकारिले सिजर्नाका मुनाहरू शिर्षकके गजल संग्रह पनि प्रकाशन भएका छन् ।
कार्यक्रममा बागचौर नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष भुपेन्द्र राज वली ,साहित्यकार पुर्ण भण्डारी पङ्कज र केशवराज देवकोटाल, वागचौर साहित्य परिषद्  उपाध्यक्ष हरि केसी,सह–सचिव पुष्पा रिजन डि सी लगायतको उपस्थिति रहेको थियो ।  परिषद्का अध्यक्ष ईन्द्र भण्डारी ‘अंकित’को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तारादेव शर्मा ‘प्रर्दशन’ ले गरेका गर्नु भएको थियो ।


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka