चाल

सल्यान अनलाइन, मंसीर ०१, २०७५

चाल

 निरज अनुपम

==============

म शरीर हुँ
तर यहाँ
मुटुको चाल रोकिएको छैन
जिवनको चाल रोकिएको छैन
हो त्यसैले
दृढ आत्मविश्वासमा बाँचौ

म आत्मा हुँ
तर यहाँ
मनको चाल रोकिएको छैन
ध्यानको चाल रोकिएको छैन
हो त्यसैले
मनको शान्तिलाई पुजा गरौँ

म गाडि हुँ
तर यहाँ
यात्रुको चाल रोकिएको छैन
गन्तव्यको चाल रोकिएको छैन
हो त्यसैले
धैर्यताको बाटो रोजौँ

म घर हुँ
तर यहाँ
श्रीमतिश्रीमानको चाल रोकिएको छैन
छोराछोरीको चाल रोकिएको छैन
हो त्यसैले
बलियो सम्बन्ध विकास गरौँ

म सेवा हुँ
तर यहाँ
मालिकको चाल रोकिएको छैन
कामदारको चाल रोकिएको छैन
हो त्यसैले
कामको उच्च सम्मान गरौँ

म जनता हुँ
तर यहाँ
राजनीतिको चाल रोकिएको छैन
नेताको चाल रोकिएको छैन
हो त्यसैले
सधैँ बौद्धिक नेतृत्व रोजौँ

म शिक्षा हुँ
तर यहाँ
शिक्षकको चाल रोकिएको छैन
विद्यार्थीको चाल रोकिएको छैन
हो त्यसैले
प्रविधियुक्त शिक्षण विधि रोजौँ

म अस्पताल हुँ
तर यहाँ
डाक्टरनर्सको चाल रोकिएको छैन
बिरामीको चाल रोकिएको छैन
हो त्यसैले
एकअर्कामा माया र सम्मान गरौँ

म कार्यालय हुँ
तर यहाँ
कर्मचारीको चाल रोकिएको छैन
सेवाग्राहिको चाल रोकिएको छैन
हो त्यसैले
पारदर्शिताको सेवा बाडौँ

म गाउँ हुँ
तर यहाँ
छिमेकिको चाल रोकिएको छैन
सामाजिक चाल रोकिएको छैन
हो त्यसैले
सकारात्मक सन्देश बाडौँ

म रेमिट्यान्स हुँ
तर यहाँ
परदेशिको चाल रोकिएको छैन
स्वदेशिको चाल रोकिएको छैन
हो त्यसैले
ईज्जतको उच्च कदर गरौँ

म मनोरन्जन हुँ 
तर यहाँ
गायकको चाल रोकिएको छैन
श्रोता दर्शकको चाल रोकिएको छैन
हो त्यसैले
मौलिक र संस्कृतिलाई जोगाऔँ

म पिडित हुँ
तर यहाँ
सुरक्षाको चाल रोकिएको छैन
अपराधीको चाल रोकिएको छैन
हो त्यसैले
कानुनको बाटोमा सधैँ हिँडौ

म पैसा हुँ
तर यहाँ
व्यापारीको चाल रोकिएको छैन
ग्राहकको चाल रोकिएको छैन
हो त्यसैले
बचत बानिको विकास गरौँ

म उत्पादन हुँ 
तर यहाँ
किसानको चाल रोकिएको छैन
उपभोक्ताको चाल रोकिएको छैन
हो त्यसैले
परिश्रमको उच्च मूल्य राखौँ


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

  • नेकपा भित्र बैचारिक बहसका आधारहरु

    तिलक राज भण्डारी  ( नेता अनेरास्ववियु)

    नेकपाको एकता प्रक्रिया जिल्ला र स्थानीय तह तथा जनवर्गीय संगठनहरुसम्म पुग्दा नपुग्दै भाषण, मिडीया र सामाजिक सञ्जालहरु मार्फत बैचारिक…

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल,…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं…

  • मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka