त्रिवेणी गाउँपालिका स्तरिय लोकसंस्कृति सम्मेलन सम्पन्न

सल्यान अनलाइन, मंसीर २२, २०७५

त्रिवेणी गाउँपालिका स्तरिय लोकसंस्कृति सम्मेलन सम्पन्न


त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण प्रवद्र्धनका लागि  त्रिवेणी गाउँपालिका स्तरिय लोकसंस्कृति सम्मेलन सम्पन्न गरेको छ । धाार्मिक स्थल त्रिवेणी तिर्थशाला धाममा आयोजीत एक दिने लोक संस्कृति सम्मेलन सोरठी,पैस्यारु,लहरे, वनगाडी टप्पा लगायतका लोक संस्कृति सम्मेलनमा ६ वडाका १५ वटा समूहले  भाग लिई प्रस्तुत गरेका छन् । 
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले मौलीक नृत्य सम्मेलनको आयोजना गरेर त्रिवेणी गाउँपालिकाले गाउँठाउँका मौलीक संस्कृती संरक्षणतर्फ सबैलाइ जागरुक बनाएको वताउनु भयो । 
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारिले कला संस्कृतीमा धनी जिल्ला सल्यानमा मौलिकता जोगाउन पर्याप्त पहल हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।
प्रमुख जिल्ला अधिकारि कमलराज ढकालले बनगाडी टप्पा, सोरठी सल्यानको सम्पत्ती र पहिचान भएकाले यसलाइ दर्ता गरेर संरक्षण गर्नुपर्ने तथा यसलाइ नै पर्यटक भित्राउने र आर्थीक उन्नतीको माध्यम बनाउनुपर्ने वताउनु भयो  ।
त्रिवेणी गाउापालिका अध्यक्ष मान बहादुर डागीले आफुहरुले कुन वडामा कस्ता मौलिक संस्कृती रहेछन् भनेर यो पटक पहिचाहन गर्न लोकसंस्कृति सम्मेलन आयोजना गरेको वताउनु भयो । उहाले भन्नुभयो ै मौलिक संस्कृती संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रक्रम आयोजन ागर्ने र पर्यटन संग जोड्ने  छौ । 
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले मन्तव्य राख्दै एक दर्जन बढि समूहलाइ बोलाएर मौलिक नृत्य सम्मेलन गर्न सफल भएको भन्दै गाउँपालिकाको प्रशंशा गर्नु भएको छ ।
 कार्यक्रममा नेपाली सेना सिमखर्क व्यारेकका गुल्मपती रामकृष्ण श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाही, शशस्त्र प्रहरी सल्यान जिल्ला प्रमुख विमल डाँगी, त्रिवेणीका प्रमुख प्रशसकीय अधिकृत रेमन्त बहादुर डाडी, ६ वटै वडाका वडाध्यक्षहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।  गाउँपालिका उपाध्यक्ष करुणा खड्काको स्वागत मन्तब्यवाट सूरु भएको कार्यक्रमको सञ्चालन पत्रकार शंकर केसीले गर्नुभएको थियो ।कार्यक्रममा सहभागी भएका हरेक समूहलाइ प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।
 


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka