मासिक एकल रचना वाचनमा भूपिन 

सल्यान अनलाइन, मंसीर २९, २०७५

मासिक एकल रचना वाचनमा भूपिन 

पुष्पा रिजन डि.सी.। बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन कार्यक्रममा भुम प्रकाश भण्डारी “ “भूपिन“ले जनकल्यान क्याम्पसको प्राङ्गणमा  आफ्ना रचना वाचन गर्नु भएको छ ।  
एघारौं साहित्य श्रृङखला जनकल्यान क्याम्पसको प्राङ्गणमा  सम्पन्न भएको छ । भूपिनले करिब १ दर्जन भन्दा बढि रचनाहरु सुनाउनु भएको थियो । कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, वागचौर साहित्य परिषद्का सल्लाहकार केशवराज देवकोटा, बागचौर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष घनस्याम शर्मा, वडा नं. ५ वडा अध्यक्ष डिल्ली वली, वडा नं.  ८ का वडा अध्यक्ष  रोमु शाही, युनि चर्सल युथ क्लबका अध्यक्ष मदन बस्नेत,  जिल्ला खेलकुद विकास समितिका सदस्य भुपेन्द्र के.सी र बागचौर नगरपालिका वडा नं.२ का खेलकुद विकास समितिका अध्यक्ष हरिष बुढाथोकी  लगायतको उपस्थिति रहेको थियो । परिषद्का अध्यक्ष ईन्द्र भण्डारी ‘अंकित’को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तारादेव शर्मा ‘प्रर्दशन’ ले गनुभएको थियो। बागचौर नगर साहित्य परिषद्ले प्रत्येक महिना फरक फरक स्रष्टाको उपस्थितिमा रचनाहरु वाचन कार्यक्रम सञ्चालन गर्दे आएको छ ।


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल,…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं…

  • मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप…

  • तनाब असर र ब्यबस्थापन

    शुशिला आचार्य/अहिले भागदौड जीवनशैलीमा  परिस्थिति अपेक्षाले गर्दा हामीमा आउने शारीरिक मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka