बागचौर नगर साहित्य परिषद्ले प्रथम वार्षिकोत्सव मनायो

सल्यान अनलाइन, पौष २०, २०७५

बागचौर नगर साहित्य परिषद्ले प्रथम वार्षिकोत्सव मनायो

पुष्पा रिजन डि.सि ।"पुरातात्त्विक संरचनाकाे खाेजी र साहित्यिक सृजना, अग्रज श्रष्टाकाे सम्मान र अनुजकाे जगेर्ना" भन्ने मुल नाराका साथ बागचौर नगर साहित्य परिषद्ले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  २०७४ साल पौष १९गते गठन भएको परिषद्ले प्रथम वार्षिकोत्सव बिहिबार मनाएको हो । वार्षिकोत्सवको अवसरमा “बागचौर नगरपालिका” शिर्षकमा खुल्ला कविता प्रतियोगिता र नियमित मासिक एकल रचनाका श्रष्टाहरु सम्मान तथा परिषद्को उन्नयनको लागि सहयोग प’¥याउने बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, बागचौर नगरपालिका कार्यपालिकाको कार्यालय, सल्यान,सल्यानी युवा संजाल बागचौर नगर कार्यसमिति, बागचौरलाई सम्मान समेत गरेको छ । यस्तै परिषदका  संरक्षक पुर्ण भण्डारी पंकज र सल्यान जिल्लामै पहिलो पटक एकल रचना वाचन गर्ने श्रष्टा दिपक शर्मा “समिर” लाई सम्मान गरिएको थियो । 
   विभिन्न समयमा रचनावाचन गर्ने स्रष्टा पुर्ण भण्डारी पंकज, कमलमणी देवकोटा, कलिराम घर्तिमगर, डा.कृष्णराज डि.सी., केशवराज देवकोटा, गणेश डाँगी “गगन”, काशिराज अधिकारी, अभि क्षेत्री “सर्मपण”, इन्द्र भण्डारी “अंकित”, छविकिरण अधिकारी, भुम प्रकाश भण्डारी “भुपिन” र तारादेव शर्मा “प्रदर्शन”लाई पनि सम्मान गरिएको हो ।
  “बागचौर नगरपालिका” शिर्षकमा भएको खुल्ला कविता प्रतियोगितामा प्रथम हुने बा.न.पा. २, कि लक्ष्मीदेवि शर्मा, द्धितीय हुने सोही वडा कि रन्जिता बस्नेत र तृतीय हुने बा.न.पा. ९, का तुल्सीराम डाँगीलाई क्रमशंः ३ हजार, २ हजार र  १ हजार सहित  प्रमाणले सम्मान गरिएको हो ।
यसैविच  नगर परिषद्ले नियमित रुपमा गर्दै आएको मासिक एकल रचना वाचनमा बाह्रौ साहित्य श्रृङखलाका श्रष्टा तारादेव शर्मा “प्रदर्शन” ले एकल रचनाहर वाचन गर्नुभएको छ । उहाले एक दर्जन भन्दा बढि कविता, गजल, मुक्तक समेट्नु भएको हो ।
इन्द्र भण्डारी “अंकित” को सभाध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी ,बागचौर न.पा. २ का वडा अध्यक्ष घनस्याम शर्मा, वडा नं.३ का अध्यक्ष टिकाराम के.सी., वडा नं. ११ का अध्यक्ष मोहन खड्का, बागचौर नगरपालिकाका प्रशासकिय अधिकृत भिष्म कुमार मल्ल, ईलाका प्रशासन कार्यालय थारमारेका प्रमख चिन्तामणी रेग्मी, नगरपालिकाका परिक्षा प्रम’ख हिरालाल न्यौपाने, नगर परिषद्का संरक्षक पुर्ण भण्डारी पंकज, नगर परिषद्का सल्लाहाकार कमलमणी देवकोटा, केशवराज देवकोटा, राप्ती साहित्य परिषद् दाङका नि.सचिव दिपक शर्मा “समिर”, सल्यानी युवा संजाल बागचौर कार्य समितिका अध्यक्ष बिरेन्द्र प्रकाश डि.सी. लगायतको आतिथ्यता रहेको थियो । 


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka