“प्रदर्शन “ले  गरे आफ्नो एकल रचना वाचन 

सल्यान अनलाइन, पौष २०, २०७५

“प्रदर्शन “ले  गरे आफ्नो एकल रचना वाचन 


पुस २०, सल्यान

सल्यानको बागचौर नगर साहित्य परिषद सल्यानले आफ्नो वार्षिक उत्सव मनाएको छ ।  परिषदका अध्यक्ष ईन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।  
वार्षीक उत्सव  कार्यक्रम संगै परिषदले नियमित मासिक रुपमा गर्दै आएको नियमित मासिक एकल रचना वाचनको बाह्रौं साहित्य श्रीङ्खलामा तारादेव शर्मा “ प्रदर्शन “ ले आफ्ना एकल रचनाहरु वाचन गरेका हुन । उनले प्रदेसि बोकि रित्तो झोली गजलबाट आफ्नो एकल रचना वाचनमा प्रवेस गरेका थिए ।
 उक्त गजलका दुई शेर 

घरमा मेरि बुढी आमा च्यातिएको चोली ।
मेरै बाटो हेरि बहिनी रुदै बसि होलि ।।

भाई मेरा हृदयका गगन चुम्ने स्वप्न ।
फर्किदै छु प्रदेशबाट बोकि रित्तो झोली ।।

बोकि रित्तो झोली गजलबाट आफ्नो रचना वाचन सुरु गरेका प्रदर्शन ले दर्जनौं गजल ,मुक्तक र कविता वाचन गरेका थिए । 
समसामयिक परिवेश , देश प्रेमले ओतप्रोत , मातापिता , बाल्यकाल देखि हालसम्मका दौँतरी प्रती केही सम्रपित रचना पनि वाचन गरेका थिए । “ प्रदर्शन “ पछिल्लो समयका एक उरर्जावान गजलकार,कवि,र मुक्तककारको रुपमा चिनिन्छ्न ।
रचना वाचन गर्ने क्रममा प्रदर्शन ले वाचन गरेको एक  देशप्रेम र पुर्वजप्रतिको भालोवासले ओतप्रोत एक कविताको केहि हरफहरु 

कालिदास अनि लेखनाथ अझै जगमगाउँछ्न ।
सिर्जना सधैं उच्च छ नेपालिको अरु डगमगाउँछ्न ।।
यहि पुष्पपुन्जमा छ कविता ल्याएर सिद्दिन त्यो ।
भानु भक्त लक्ष्मी यहि जन्मे प्यारो छ नेपाल यो ।।

मोतिराम रङगमन्चमा हसाउँन उदायथ्य ।
त्यहि पृत प्रणय विषेश कलम चलाएथ्य ।।
के चाल चल्छ  भावुक बनाइ अनवरत तन त्यो ।
मनमा बसि आकुरा हसाउछ प्यारो छ नेपाल यो ।।

यसरी निरन्तर आफ्ना रचना वाचन गर्दै जादाँ उपस्थित सहित्य अनुरागी मनहरु निकै रमाई रमाइ रहनु भएको थियो । एकाएक  प्रदर्शन ले आफना स्वर्गीय पिताप्रति सम्रपित कविता र आफनै साथमा रहेकी आमा प्रति सम्रपित गजल वाचन गर्दा साहित्य बान्डुली निकै भावुक बनेको थियो । उक्त कविता र गजल उनले बाचन गर्दै गर्दा  उपस्थित केहि साहित्य अनुरागी मनका लोचनबाट आँसु झरिरहेका थिए । 
ति दुबै रचनाका केही अंश  

३कविताका ३केही ३हरफ स् 
बाझो वारि पल्टाइ सपना गगन चुम्ने थियो ।
 रौनक लगाई सङसार सारा घुम्ने रहर थियो ।।
 बाबा मेरो प्रदेशबाट कहिल्यै फर्किएनन ।
 दुख्खहरु जिवनबाट कहिल्यै सर्किएनन ।।
     
 साहुको ऋण सय गारा तीन खै कसरी गाँसु ?
 आमा मेरो हरियो पहिरनमा खै कसरी हाँसु ?? 

३गजलका ३तीन ३शेर स्
आज फेरि मेरि आमा सपनिमा रुन्छिन होला ।
बिउँझिएर निर्दाबाट नौलो सपना बुन्छिन होला ।।

न त  मैले बुझ्न सके न त दाजुभाइले ब्यथा ।
अपार आशुको भेल बगाइ सारा संसार धुन्छिन होला ।।

कति पीडा खपि होलिन बनाउनलाई महान मान्छे  ।
त्यो बिगत यो वर्तमान सङगसङ्गै उन्छिन होला ।।
 
“प्रदर्शन “ ले आमा प्रती सम्रपित यो गजल नै लयात्मक रुपले गायन शौलिमा वाचन गरि आफ्नो एकल रचना वाचन पूरा गरेका थिए 
वरिष्ठ साहित्यकार परिषदका सल्लाहकार कमलमणि देवकोटा ,साहित्यकार परिषदका सल्लाहकार पुर्ण भण्डारी “ पङकज“ साहित्यकार परिषदका सल्लाहकार केशवराज देवकोटा, साहित्यकार कवि सल्यान मै पहिलो एकल रचना वाचन गरेका स्रष्टा दिपक शर्मा “ समीर“, साहित्यकार कलाकार , संचारकर्मी गणेश डागी “गगन “बागचौर नगरपालिकाका २, ३, ११ नम्रका वडा अध्यक्ष घनश्याम शर्मा, टिकाराम के. सि. मोहन खड्का, ईलाका प्रहरी कार्यालय बागचौरका प्रमुख चिन्तामनि रेग्मी , सल्यानी युवा संजाल बागचौर नगर कार्य समितीका अध्यक्ष  एवम बागचौर नगरपालिकाका स्वकिय सचिवालय सदस्य बिरेन्द्र प्रकाश डिसि ,
 अन्तरास्ट्रिय कराते रेफ्री बागचौर नगरपालिकाका स्वकिय सचिवालय सदस्य चित्र राना, शिर्जनशिल आमा समुहकी अध्यक्ष लक्ष्मिदेवी शर्मा र परोपकार स्वास्थ्य आमा समुहकी उपाअध्यक्ष तुलसा चन्द लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन  परिषदका सह सचिव  भुम प्रकाश भण्डारी “ले गरेका थिए ।


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल,…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं…

  • मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप…

  • तनाब असर र ब्यबस्थापन

    शुशिला आचार्य/अहिले भागदौड जीवनशैलीमा  परिस्थिति अपेक्षाले गर्दा हामीमा आउने शारीरिक मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka