खाडीमा निसास्सिएका सपना

सल्यान अनलाइन, फाल्गुन ०५, २०७२


खाडीमा निसास्सिएका सपना

खेत बन्दगी राखी पाखाबारी बाँझो छोडेर
मुसलधारे बर्षातमा निस्क्यो छाता ओढेर

पुर्ख्यौली माटोले जीवन नचल्ने देखेपछी
हिँडयो घर धान्नलाई अरबतिर ढुंगा फोडेर

जनवाद ल्याए सुधार आउँछ भन्थे जनवादी
तर उसले केही पाएन दस बर्ष बन्दुक बोकेर

गहभरी आँसु पारेर दुख गर्दैछ बिरानो भुमिमा
निसास्सिएका केही झिना तिनै आशा रोपेर

सुखका दिन आउलान कि उतै प्राण जाने हो
यस्तै सोचेर लेख्छ ऊ पसिनामा कलम चोपेर

-दीपेन्द्र हिमजाली कालागाँऊ 9 सालडाँडा सल्यान
हाल: दोहा कतार




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka