सिंहदरवार र नक्कली जर्सावहरु

सल्यान अनलाइन, फाल्गुन ८, २०७२


सिंहदरवार र नक्कली जर्सावहरु

टेकराज शाही,जति वेला म स्कुले जिवन विताईरहेको थिए देश एक फरक राजनितीक चक्रव्युहमा थियो । गाँउहरु माओवादी ईशारामा चल्थे । यति सम्मकी त्यो वेलाको शाही नेपाली सेना गाँउ पस्दा समेत हामी सोझा नागरीक हरुलाई सुरक्षाको नाममा कता भगाउने भन्ने सम्मको चावी त्यो वेलाको माओवादी कार्यकर्ताहरुको हातमा थियो । जव सेना गाँउ पस्थ्यो हामी भागेर अर्के दिशा तर्फ जानु पथ्र्याे । त्यो पनी उनीहरुकै ईशारा र निर्देशनमा । जव सेना गाँउ छोडेर निस्कन्थ्यो फेरी घरमा आएर वास वस्नुपर्ने अवस्था थियो । भन्ने गरीएको जनयुद्ध वारे कसरी किन हुदैछ भन्ने हामीलाई धेरै कारण त थाहा दिईएको थिएन र त्यो उमेरमा थाह हुने कुरा पनी भएन । तर आम मानीस लाई भनीएको चाही सवै मान्छे हरु वरावर हुन लाई यो युद्ध भइृरहेको छ । अथार्त या त गरीव हरु धनी हुने छन या त धनीहरु गरीव हुने छन । सवै मान्छे वरावरी भएपछि अरु के चाहीयो । अवस्था जस्तो भएपनी माओवादी आन्दोन र युद्ध प्रति म जस्ता स्कुले र ठिटौले हरुको रहर चाही भई सकेको थियो । किन की सरकारी उपस्थिती सुन्य नै थियो । त्यही वातावरणमा भएनी गाँउ वाटै एसएलसिको जाँच चाही पहिलो पटक र दोश्रो श्रेणीमा पास गर्न सफल भए म । जति वेला सम्म मलाई कुनै राजनितीक चेतना थिएन जे राम्रो रमाईलो लाग्थ्यो जहाँ आफनो उमेर समुह देख्यो त्यही उनहिरु सँगै काम गर्न मन लाग्थ्यो । तर सानै उमेर भएनी मलाई राजधानी र शिंहदरवार छिर्ने सपना चाही त्योवेला देखिनै थियो । किनकी गाँउमा त्यही शिंहदरवारको कारण ले नै हामीले माओवादी जनयुद्ध गर्नु परेको भनेर मलाई एकजना माओवादी नेता जो मेरो गाँउको पढेलेखेकै थिए उनीले भनेको कुरा दिमागमा चाही पसी सकेको थियो । त्यसैले मेरो राजधानी र शिंहदरवार सपना त्यो वेला देखिनै वसिसकेको थियो ।

माओवादी युद्धकै अवस्थामा मैले उच्च शिक्षाका लागी गाँउ वाट अर्को जिल्ला आउनु  परयो अलिक फरक वातावरण थियो शहर भएकोले पत्रपत्रिका टेलिभिजन हेर्न पनी पाईने थोरै भए पनी राजनितीक चेतना जाग्दै गयो । गाँउमा भोगेका र सुनेका धेरै शव्द हरु लाई शहरमा अलिक अर्थ लागाएर वोलीने रैछ । विकासका कुरा पनी हुन्थे  त्यहाँ अलिक खुल्ला जस्तै लाग्थ्यो  शहर मेरो गाँउ भन्दा । त्यो वातावरणले पनी मलाई अलिक वृहत र खुल्ला वन्न सिकायो । हुन त म गाँउमा हुदा जुन वातावरणमा थिए मलाई त्यही ठिक नलागेको हैन तर जव गाँउ छाडेर शहर आए शहरकै वातावरण ठिक लाग्न थाल्यो र मलाई अझ परस्कृत वन्दै गएको महसुस भयो । मैले भोगेको,जानी नजानी सहभागीता जनाएको माओवादी युद्ध पनी शान्ति प्रकृयामा आएर टुङ्गीयो । अव सुरु भयो विकासको युग, परीवर्तनको युग अथार्त देश चाही वन्न सुरु गरयो । मैले पनी राजनीती र देश लाई थोरै भएपनी वुझना थाली सकेको थिय त्यो वेला सम्म । 

तर मैले यति वुझदै गर्दा मलाई लागेको, हरेक देशको निति निर्माण गर्ने थलोहरु त्यो देशका नागरीकहरु सवैको सहज पहुच हुनु पर्छ होला र सोही अनुरुप हाम्रो देशका त्यस्ता थलोहरु पनी सहज भईदिएनन भने मलाई लाग्छ विकास निर्माण प्रतिको आम नागरीकको भरोसा र विश्वास त्यो ठाँउले गुमाउदै जान्छ होला । जुन हिसावले हरेक आन्दोलन र विद्रोह हरु भए ति सवै सिहदरवार र नागरीक विचको दुरी वढदै जाँदा नै ति विद्रोह हरु भएको अनुमान गर्न कसैलाई अप्ठायारो पर्देन । जव राज्यका संयन्त्र हरुमा नागरीकको दुरी वढदै जान्छ तव राज्यका संयन्त्र हरु प्रति नागरीकको हर्ने दृष्टिकोण पनी वदलिदै जान्छ । फलत देशले विकास भन्दा विनास झेल्न वाध्य हुन्छ । 

  हिजोकै माओवादी विद्रोह लाई हेर्दा पनी यही परीणतिको कारण विद्रोहको चर्को मार आम नागरीकले भोग्नु परयो । यो विद्रोह किन भयो त भन्दा सहजै अनुमान गर्न  सकिन्छ । राज्यले दिने सेवा सुविधा नागरीक माझ पुगेन जनताहरु नीरास भए हरेक निर्णय प्रकृयामा एकल निर्णय,अनी नागरीकको सेवा सुविधा पहुच भन्दा वाहिर गयो त्यसकै कारण पनी सजिलै आम मानिसहरु राज्य विरोधि वन्दै गए । त्यसकै फाईदा तिनै एजेण्डा र भावना हरु उठाएर माओवादी आन्दोलनले गति लियो र दश वर्ष सम्म दुर्दसा भोग्नु परयो । अहिले पनी सिंहदरवारले त्यही वानी व्यवहार देखाउने हो भने हामीले भन्ने गरेको परीवर्तन र नयाँ व्यवस्थाको अर्थ चाही के । 

अहिले जहाँ छु ,लाग्छ सिहदरवार नक्कली जरसावहरु बस्ने थलो हो । त्यहाँ जरसाव हरुले जे भन्यो त्यही हुन्छ । चेन अफ कमाण्ड हो त्यो । अरु हरुको केही चल्दैन । कीन की सहज पहुच छैन । सिंह दरवार छिर्न आम मानीस लाई जति असजिलो छ त्यति नै असजिलो गरी त्यहाँ विकासका योजना हरु आउछन । गाँउमा आम नागरीकले वनाएका योजना र सपना हरु त्यही नआउदै तुहिन्छन । केही गरी आई हाले भने पनी टोकरीमा जान वाट वचाईएका हरु मात्रले साकार रुप लिन्छन । काम गर्ने तरीका विल्कुल असजिलो छ । निती निर्माणका लागी भनेर दिनहु वैठक छलफल हुन्छन तर कार्यन्वयन खाली । हरेक मान्छे हरु अस्वभाविक लाग्छन तिनका वोली व्यवहार सवै । हिजो समान नागरीक वनाउन हिडेका केही लाई पनी देख्छु उनी हरु पनी तिनै जरसापहरुका अगाडी लाचार भएको देख्छु । केही चाही ठाँट सँग वसेका छन धेरै भने लाचार छायाका रुपम म जस्तै । सपना देखाउनु गलत हैन न की सपना वाँडनु नै गलत हो तर मेरो पुस्ताले हिजो स्कुल पढदा जुन सपनामा विश्वास गरेर त्यही सपना पुरा गर्न लागे उनी हरुका लागी अहिलेको अवस्था ठुलो चुनौती पुर्ण र कष्टप्रद छ । हिजो माओवादी युद्धमा गाँउमा या शहरमा जुन व्यवहारले व्यारेकका असली जरसाप हरु लाई दोष दिईन्थ्यो जसरी उनीहरुकै कारणले युद्ध गर्नु परेको जस्तो गरी हल्ला चलाइईन्थ्यो असलीयत फरक रैछ जो दिनदिनै भोग्दैछु,सुन्छु र देख्छु । कर्मचारी तन्त्रका यि नक्कली जरसावहरुको दादागिरी जहिले सम्म रहि रहन्छ त्यो वेला सम्म हामीले भन्ने गरेका विकास निर्माण समृद्ध नेपालका सपना व्यर्थ हुनेछन । किनकी त्यहाँ भित्रका असल अफिसर र सिपाही हरुले त्यो घेरा तोडन नसके सम्म नक्कली जरसाव हरुको हालीमुहाली भैरहने छ । हो अहिले म त्यही शिंहदरवारमा छु जुन शिंहदरवार लाई मैले वाल्यकालमा सपना वनाएको थिए । तर एक्लो छु, दर्शक दिर्घामा छु ।




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka